१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ६ मा एक साताभित्रै मन्त्रालय व्यवस्थापनको तयारी

२२ माघ २०७४, सोमबार १३:५१

माघ २२, सुर्खेत । माघ मसान्तसम्म प्रदेशमा आवश्यक पर्ने सबै मन्त्रालयहरु व्यवस्थापन हुने मुख्य मन्त्री कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले बताएका छन् । सोमबार वीरेन्द्रनगरमा रिर्पोटर्स क्लव नेपाल शाखा सुर्खेतले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले मन्त्रालय व्यवस्थापनको कार्य तीब्ररुपमा भईरहेको जानकारी दिए । अबको १० दिनभित्रै मन्त्रालय व्यस्थापनको कार्य सकिने उनको भनाई छ ।

हाल मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएकाले अन्य मन्त्रालयहरुको मर्मत कार्य शुरु गरिएको उल्लेख गरे । भवनको अभाव नभएपनि छोटो समयमा जनशक्ति अभावहुँदा व्यवस्थापन गर्न केही ढिलाई भएको उनको भनाई छ । हाल मन्त्रालयका लागि छनौट गरिएका संरचनामाहरु रङ्ग–रोगन र मर्मतको काम भईरहेको उनले बताए । सार्वजनिक खरिद ऐन सम्बन्धी प्रक्रियाले गर्दा प्रदेश सभा भवन व्यवस्थापन गर्न भने केही समय लाग्ने उनले जानकारी दिए ।

प्रदेश नं. ६ मा ७ वटा मन्त्रालयहरु रहने छन् । मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पुर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय रहने प्रमुख सचिव प्रधानले जानकारी दिए । यी मन्त्रालयहरु कुन–कुन भवनमा राख्ने भन्ने विषयमा कार्यालयहरु समेत छनौट गरिएको उनले उल्लेख गरे ।

साक्षात्कार कार्यक्रममा बोल्दै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख थम्बराज श्रेष्ठल प्रदेश सभाका लागि छनौट गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा ध्वनीको समस्या देखिएकाले सभाहल व्यवस्थापन गर्न झण्डै तीन महिना लाग्ने जानकारी दिए । उनले सार्वजनिक खरिद ऐन प्रक्रियाले गर्दापनि समय धेरै लाग्ने बताए ।

‘ढिलै भएता कम खर्चमा उत्कृष्ट सभाहल निर्माणका लागि खटिएका छौं’ श्रेष्ठले भने,‘प्रदेश सभा हल स्थायी रुपमा बनाउने गरी व्यवस्थापनाको काम अघि बढिसकेको छ ।’ प्रदेश सभाको भवन व्यवस्थापन गर्न मात्र झण्डै १ करोड लागत लाग्ने श्रेष्ठले जानकारी दिए । सभाहलको ध्वनी हटाउने मात्रै झण्डै २० लाख खर्च लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह