दलसिंह गिरी/माघ २४, सुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश ६ मा दलितमा नेकपा एमालेका नरपति लोहार ३ हजार ६ सय ६६ मतसहित विजयी भएका छन् ।
यस्तै, अपांगता भएकामा माओवादी केन्द्रका जीवन बुढा विजयी भए । बुढाले ३ हजार ७ सय २० मत ल्याएका छन् ।
प्रदेश ६ मा आठवटै पदका लागि भएको निर्वाचनमा अब महिला सदस्य तीन र अन्य तीन सदस्यका लागि मतगणना जारी छ ।