पढ्न करिब 2 मिनेट लाग्छ

भास्कर केसी/माघ २४, कञ्चनपुर । सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरुले आन्दोलन गर्न बाध्य भएको हो ।

विभिन्न समयमा केन्द्रीय क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आर्थिक पक्षसँग सम्बन्धित विभिन्न समस्याको पहिचान गरी मागगर्दै मागपत्र बुझाए पनि विश्वविद्यालयका उपकुलपति र रजिष्टार लगायत उच्च पदाधिकारीहरुले बेवास्ता गर्दै जादाँ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको काम कारवाही लथालिग भएको छ ।

विश्वविद्यालयमा क्रियाशील प्राध्यापक संघ संगठनहरुले २०७४ साउनु २९ गतेका दिन संयुक्त बैठक बसी विश्वविद्यालय पदाधिकारीहरु उपकुलपति र रजिस्ट्रारलाई १५ दिने अल्टिमेटम सहितको नौ बुंदे मागपत्र बुझाएको भएपनि हाल सम्म त्यस उपर कुनै सुनवाई नर्गनु तथा विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरको भिमदत्त नगर–१८मा स्थिापित भए पनि काठमाडौं मोहले २–४ जना तल्लो स्थरका कर्मचारी बाहेक उच्च पदाधिकारीहरु लगायत उपकुलपति र रजिष्ट्रार उतै काठमाडौं वस्दा अझै समस्या बढेको छ, विद्यार्थी तथा प्राध्यापकहरुलाई आफनो समस्या समाधानको पहल गर्नपनि गाह्रो भएको छ ।

कसलाई भन्ने कसले सुन्ने ! त्यसले कुनै पनि पदाधिकारीहरुबाट संवाद गर्ने व्यवस्था नभएपछि प्राज्ञिक मर्यादालाई कायम राख्दै माघ २४ गते देखि चरणवद्ध संघर्ष गर्ने सु.प.वि.सुधार संघर्ष समितिका अध्यक्ष विरवहादुर सिंह ठकुरीले बताउनु भयो ।

आज गरेको पत्रकार सम्मेलनमा पहिलो दिन माघ २४ गते पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने, माघ २५ गते ‘गैर जिम्मेदार पदाधिकारी जिम्मेवार वन’ भन्ने कालो व्यानर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत सम्पुर्ण पदाधिकारीहरुको कार्यकक्षमा झुण्ड्याउने माघ २६ गते देखि २८ गते सम्म सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको दाँया हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागि हुने माघ २९ गते सम्म माग सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम गर्ने घोषण गरेका छन् ।

तर यस आन्दोलन अवधि भरी विद्यार्थीको पढाईमा कुनै पनि कमि नगरने र पढाईलाई भने सुचारु रुपले अघि बढाउने अध्यक्ष ठकुरीले बताउनु भयो ।