माघ २५, काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुन तोलामा ६ सय रुपैयाँ घटेको हो ।
आज छापावाला सुन ५६ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रति तोला ५६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाला सुन ५७ हजार १ सय र तेजावी सुन ५६ हजार ८ सयमा कारोबार भएको थियो । आज चादी तोलामा ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।