१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन हुन्छ: नेता नेपाल

२५ माघ २०७४, बिहीबार ०८:१३

माघ २५, धनगढी | नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ । 

धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताउनुभएको छ । 

उहाँले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताउनुभयो । नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताउनुभयो । 

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उहाँले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाउनुभयो । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिनुभयो । कैलालीको टीकापुरमा आजदेखि शुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता नेपाल यहाँ आउनुभएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह