2026-10-15 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले संसदीय दलको नेतामा कँडेल

माघ २६, सुर्खेत । एमाले प्रदेश ६ संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । 

वीरेन्द्रनगरमा बिहीबार बसेको दलको बैठकले कँडेललाई सर्वसम्मत चयन गरेको हो । कँडेल सुर्खेत २ (क) बाट निर्वा्चित सांसद हुन् ।

पोलिट्ब्युरो सदस्य एवं सल्यान (ख) का प्रदेशसभा सदस्य प्रकाश ज्वालाले कँडेललाई दलको नेतामा प्रस्ताव गरेका थिए । ज्वालाको प्रस्तावलाई संसदीय दलले सर्वसम्मत अनुमोदन गरेको सांसद दल रावलले जानकारी दिए ।यसअघि दलको नेतामा कँडेल र ज्वालाबीच रस्साकस्सी थियो ।

पूर्वमन्त्रीसमेत रहेका कँडेल मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभा झरेका थिए । तर, वाम गठबन्धनका शीर्ष नेताहरुबीच प्रदेश ६ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएसँगै उनी मुख्यमन्त्रीको दौडबाट बाहिरिन पुगे । 

बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पदमलाल रोकायाले गरेका थिए ।प्रदेश ६ मा एमाले प्रदेशसभाको ठूलो दल हो । ४० सदस्यीय प्रदेशसभामा एमालेका २० सांसद छन् । १३ सांसद भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने