2026-09-14 07:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बामपन्थी सरकार बनेपछि देश सम्बृद्ध बन्छ: महरा

मनिषा राई/माघ २७, रोल्पा । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताउनुभयो ।  

बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश दिएकोले बाम एकता अनिवार्य हुने बताउनुभयो ।

शुक्रकार रोल्पाको धबाङमा उत्पादित धबाङ खोला लघु जलविद्युतको उद्घाटन कार्यक्रममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उहाले यस्तो बताउनुभएको हो । 

पुर्व उपप्रधानमन्त्री महराले विकासका लागि सबै एक धिक्का भएर अगाडि बढेमा मात्रै राज्यले गरेको लगानीले सार्थक पाउने र गाउँको विकास हुने भन्दै राजनीति, विचार लगायतमा अलग–अलग भएपनि विकासमा सबैलाई एक हुन अनुरोध गर्नुभयो ।

अब राजनीतिक क्रान्तिको यात्रा केही हदलाई पुरा भएकोले अब आर्थिक क्रान्ति र सम्बृद्धको यात्रामा पुरै नेपाललाई अगाडि बढाउनु पर्ने भन्दै आफ्नो जिम्मेवारी देश विकासमा अघि बढाउने रहेको उहाको भनाई छ । 

उहाँले रोल्पाको धबाङ युद्धकालमा सुरक्षित गाउँ भएकोले आफूले परिवारहरुसँग भेटघाट गर्ने गरेको स्मरण गर्दै भन्नुभयो “धबाङ सुरक्षित गाउँ भएकाले मैले परिवारसँग भेटघाट गरेको थिए, यसै गाउँमा २०४८ सालमा क. प्रचण्ड आएर यसै गाउँमा प्रशिक्षण दिनुभयो हामी आज यो स्तरमा आएका छौँ, यो गाउँबासीको युद्धमा महत्वपूर्ण योगदान रहेको छ हामी विकास गर्नमा हरदम तयार छौँ ।”

रोल्पाबाट राजनीतिक जीवन शुरु गरी लामो समय रोल्पालाई कर्मथलो बनाउँदै हाल दाङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको महराले आफू दाङबाट निर्वाचित भएपनि रोल्पाको विकासका लागि सधै लाग्ने बताउनुभयो । आफू र रोल्पाको नातालाई भावात्मकरुपमा अभिब्यक्ति दिर्दै उहाँले भन्नुभयो “म रोल्पाली हुँ रोल्पामै राजनीतिक जीवन शुरुवात गर्दै लामो समय काम गरे, हाल केन्द्रीय भूमिका निर्वांह गरिरहेको छु, रोल्पा मेरो जन्म र कर्म थलो हो म दाङबाट विजयी भए पनि रोल्पाको विकासमा निरन्तर लागि रहेने छु ।”

उहाले थप्नुभयो “रोल्पा जिल्लामा मेरा राजनीति विद्यार्थी वर्षमान पुनमगर, कुलप्रसाद केसी, दिपेन्द्र पुनमगर निर्वाचित हुनुभएको छ उहाँहरुलाई निरन्तर सहयोग गर्दछु । ”

उहाँले आफू अर्थमन्त्री हुँदा करिव ३ अर्ब बजेट रोल्पामा लिएको बताउँदै अब रोल्पाको सम्बृद्धि र विकासका लागि फेरी एक पटक सबै अगाडि बढ्नु पर्ने बताउनुभयो । विद्युतमा पनि १० लाख सहयोग गरेको त्यसले सार्थकता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ