२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

राष्ट्रिय गौरवको चमेलीया, आज प्रधानमन्त्री देउवाद्धारा उद्घाटन हुँदै (फोटोफिचर)

२७ माघ २०७४, शनिबार ०३:०८

लोकेन्द्र प्रशाद जोशी | माघ २७, दार्चुला । प्रदेश नम्बर ७ ले लामो समयदेखि प्रतिक्षा गरिरहेको चमेलिया जलविद्युत आयोजनाको शनिवार औपचारिक रुपमा उदघाटन हुदैछ । ११ बर्ष लगाएर निमार्ण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको प्रधानमन्त्री शेर बहादुर देउवाले शनिवार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले सनिबार बिहान ११ः३० बजे पछि चमेलिया जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दहालले जानकारी दिनुभयो ।

चमेलिया जलविद्युत आयोजनाको शनिवार हुने उद्घाटनका लागी चमेलिया क्षेत्र सिंगारिएको छ । लामो समयको प्रतिक्षापछि निर्माण सम्पन्न भएको चमेलियाको पावर हाउँस क्षेत्रमा सिंगारपटार गरीएको र उक्त क्षेत्रमा फुलहरु समेत रोपीएको छ । आयोजनाको अद्घाटन कार्यक्रममा सहभागि हुन प्रदेश प्रमुख मोहनराज मल्ल लगायत ब्यक्तीत्तहरु सुक्रबार नै आयोजनास्थल पुगिसकेका छन । भने आयोजनास्थलमा सुरक्षा ब्यबस्था निकै कडा पारीएको दार्चुला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले जानकारी दिनुभयो । 


उद्घाटनकालागी प्रधानमन्त्री देउवाका साथै उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा, मन्त्री जयन्त चन्द लगायत मन्त्रालय र बिद्युत प्राधिकरणका उच्चपदस्थ कर्मचारी पनि चमेलिया आउने भएका छन् । हेलीकप्टरमार्फत अतिथिहरु आउँनेभएपछि चमेलियाको आयोजनास्थल बलाँचमा दुईटा हेलिप्याड निर्माण गरिएका छन् । एउटा हेलिप्याड पहिल्यैदेखि बनाइएकोमा अर्को नयाँ हेलिप्याडको समेत निर्माण भएको चमेलिया जलविद्युत आयोजनका प्रमुख अजयकुमार दाहालले बताउनुभयो । 


बैतडी र दार्चुलाको सिमानदी चमेलियामा २०६३ पुष देखि निर्माण सुरु भएको चमेलिया जलविद्युत आयोजनाले गत पुष महिनादेखी परिक्षण प्रशारण सुरु गरेको थियो । परिक्षणका क्रममा सफल देखिएपछि निर्माण सुरु भएको ठिक ११ बर्षपछि चमेलियाबाट विद्युत आयोजनाबाट बिद्युत उत्पादन भएको हो । चमेलियाको सुरुको लागत साढे ८ अर्ब बाट बढेर करिब १६ अर्ब पुगेको छ भने २०६८ मा सम्पन्न हुनुपर्ने आयोजना बिभिन्न पटक म्याद थप गर्दै ६ वर्ष ढिलो गरी ११ बर्षमा सकिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य