२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इण्डियन आर्ट फेयरमा मार्फाका गह्रा

२०७४, २८ माघ आईतवार ०७:३५

माघ २८, काठमाडौँ। भारतको नयाँदिल्लीमा भइरहेको १०औँ इण्डिया आर्ट फेयरमा नेपालका सात चित्रकलाकारका चित्र समावेश भएको छ । 

नेपाल कला परिषद्का उपाध्यक्ष सागरशम्शेर राणा र कला निरीक्षक स्वस्ति राजभण्डारीले संयोजन गरेको सो मेलामा नेपालका जीवन राजोपाध्याय, चिराग बाङ्देल, सुजन डङ्गोल, रवीन्द्र श्रेष्ठ, मेख लिम्बू, सविता डङ्गोल र सुनिता महर्जनका चित्र राखिएका छन् । 

यही माघ २६ देखि २९ गतेसम्म ओख्ला इण्ड्रष्ट्रियल ग्राउण्ड, नयाँदिल्लीमा भएको मेलामा यो नेपालको तेस्रो सहभागिता हो । सन् २००८ देखि शुरु भएको यस्तो मेला चित्रकलामा दक्षिण एशियाकै ठूलो मेला मानिन्छ । राजोपाध्यायको अशीर्षक, बाङ्देलको ‘गीत गोविन्द’, सुजनको ‘तीन पुस्ता’, महर्जनको ‘मार्फाका गह्रा’ शीर्षकलगायत चित्र प्रदर्शनीमा राखिएका छन् । राजोपाध्यायको लयात्मक रुपमा अमूर्तता, बाङ्देलको कृष्णलीला, सुजनको राष्ट्रिय एकता र सामाजिक समता, महर्जनको वर्गीकृत भूदृश्य र लिम्बूको कलामा बसाइँसराइ र आन्तरिक विस्थापनका विषय भेटिन्छ । 

परिषद्का उपाध्यक्ष राणाले सात जना कलाकारका चित्रले समसामयिक नेपाली कलाको प्रतिनिधित्व गर्दै वर्तमान नेपाली समाज, मानिसहरुको भावनात्मक सङ्घर्ष, आध्यात्मिक र मानवीय सम्बन्ध आदि प्रस्तुत गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा