2026-10-15 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ६ मा सरकार गठनको तयारी

माघ २९, सुर्खेत | वाम गठबन्धनले प्रदेश ६ मा सरकार गठनका लागि फागुन ३ गते प्रदेश प्रमुखसामू दाबी पेश गर्ने भएको छ ।वाम गठबन्धनमा प्रदेश ६ को मुख्यमन्त्री माओवादीले लिने सहमति भएको छ । माओवादीले पनि संसदीय दलको नेतामा महेन्द्रबहादुर शाहीलाई चयन गरिसकेको छ । शाहीले भने, ‘सभामुखको निर्वाचन सकियो । अब फागुन ३ गते मुख्यमन्त्रीको दावी पेश गर्छौं ।’

एमाले र माओवादीको प्रष्ट बहुमत भएकाले शाही सम्भवत ३ गते नै मुख्यमन्त्री नियुक्त हुनेछन् । ४० सदस्यीय प्रदेशसभामा एमाले २० र माओवादी १३ गरी ३३ सांसद छन् ।सरकार गठनको तयारीसँगै सांसदहरुले मन्त्रीका लागि लबिङ थालेका छन् । मुख्यमन्त्रीको दौडबाट बाहिरिएका माओवादी सांसद नरेश भण्डारी क्याविनेटमा आउने अनुमान गरिएको छ । माओवादी नेताहरुले आफ्नो भागमा परेका मन्त्रालयहरु मध्ये रोजेर लिा भण्डारीलई अफर गरेको स्रोतको बताएको छ ।

भण्डारीले भने आफूले धारणा बनाइनसकेको बताएका छन् । ‘क्याविनेटमा जाने कि नजाने भन्ने मैले अहिले त्यो सोचेको छैन,’भण्डारीले भने,‘यस सम्बन्धमा छलफल हुन्छ ।’प्रदेश ६ मा सभामुख र चार मन्त्री एमालेको भागमा परेको छ भने उपसभामुख, मुख्यमन्त्री र दुई मन्त्री माओवादीको भागमा परेको छ ।एमालेभित्र जाजरकोटका करवीर शाही, डोल्पाका दल रावल, दैलेखका अम्मरबहादुर थापा, सुशील थापा, सल्यानका गुलाबजंग शाह, सुर्खेतकी पदमा खड्का लगायले मन्त्रीका लागि लविङ गरिरहेका छन् ।

यस्तै सांसद पदम रोकाय, खड्क केसी पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् भने सभामुखको दावी गरिरहेका मुगुका चन्द्र शाहीलाई पनि एमालेले चित्त बुझाउनु पर्ने छ ।यस्तै माओवादीभित्र पनि दुई मन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । माओवादीको भागमा महिला परेको खण्डमा सीता नेपाली र बिमला केसी मध्ये एक जना मन्त्री बन्ने निश्चित छ ।विन्दमान विष्ट, ठम्मर विष्ट, धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, रातो कामी, गोपाल शर्मा पनि मन्त्रीका दावेदार हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने