१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ६ का सभामुख शाहीद्धारा पदवहाली

२९ माघ २०७४, सोमबार १६:५५

माघ २९, सुर्खेत | प्रदेशसभाका नवनिर्वाचित सभामुख राजबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश प्रमुखको कार्यालयमा सोमबार दिउँसो पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ लगत्तै शाहीले प्रदेश संसद संचिवालयमा पदवहाली गरेका छन् । सञ्चारकर्मीसंग बोल्दै शाहीले संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशसभाको गरिमालाई उच्च पार्ने कार्यमा लाग्ने दृढता व्यक्त गरेका छन् ।

यस अघि सोमबार प्रदेश मुकाम वीरेन्द्रनगरमा बसेको दोस्रो प्रदेश सभा बैठकले शाहीलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको थियो ।मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका शाही प्रदेशसभाको पहिलो सभामुख हुन्।


प्रदेशसभा सदस्य प्रकाश ज्वालाले सोमबार बसेको संसद बैठकमा शाहीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।प्रस्ताव पेश गर्दै उनले सभामुख पदका लागि प्रतिपक्ष दल कांग्रेसले उम्मेदवारी नदिनु पार्टीहरुबीचको प्रदेश विकास र समृद्धिका लागि अगाडि बढ्ने अवसरको सन्देश भएको बताए। ‘यस प्रदेशमा धेरै चुनौती छन् । भुगोल धेरै जनसंख्या कम छ। भौगोलिक विकटता, अविकास, वेरोजगारी र गरिवीलगायतका समस्या छन्,’ उनले भने, ‘६ नम्बर प्रदेशमा विकास, प्रदेश जनाका खुसी र समृद्धि सबैका एजेण्डा हुन्। त्यसैले कानुन निर्माण गर्ने, विकास निर्माणमा पारदर्शिता गर्ने, विधि, कार्यक्रम बजेटलाई अगाडि बढाउने कुरा सभामुखको भुमिका हुनेछ।’

सभामुखको गरिमामय पदमा बसेको व्यक्तिले कुनै पार्टीको सदस्यको हैसियतमा नभई प्रदेश सभाको साझा नेतृत्वको हैसियतमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।एमाले नेता ज्वालाले पेश गरेको सभामुखको प्रस्तावमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए।संघीयता नेपालका लागि नयाँ अभ्यास भएको भन्दै शाहीले कार्यान्वयनका लागि सबै राजनीतिक नेतृत्वले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।

ज्वालाको प्रस्तावमा समर्थन गर्दै शाहीले जनताले राष्ट्र निर्माणका लागि दिएको दायित्व पुरा गर्न एकजुट हुनुपर्ने बताए।गरिवी र विभिन्न समस्याले ग्रसित ६ नम्बर प्रदेश समृद्ध बनाउन सत्ता पक्ष र प्रतिपक्ष भन्दा पनि सहकर्मीको भूमिकामा राजनीतिक दलहरुले भुमिका निर्वाह गर्नुपर्ने उनले बताए।

सभामुखमा भएपछि शाहीले ऐतिहासिक जिम्मेवारी पाएको बताउँदै इमान्दारिताका साथ पुरा गर्ने बताए। उनले भने, ‘मलाई नितान्त नयाँ जिम्मेवारी प्राप्त भएको छ, सबैसंगको सहकार्यमा संसदलाई जिम्मेवार र मर्यादित बनाउन मेरो भूमिका रहन्छ ।’ शाहीले प्रादेशिक संरचना नयाँ भएकोले थुप्रै ऐन कानून बनाएर संघीय संरचनालाई व्यवहारमै उर्तानु पर्ने भएकोले अव आफ्नो ध्यान त्यतातिर जाने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह