2026-06-28 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ६ का सभामुख शाहीद्धारा पदवहाली

माघ २९, सुर्खेत | प्रदेशसभाका नवनिर्वाचित सभामुख राजबहादुर शाहीले शपथ ग्रहण गरेका छन् । प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश प्रमुखको कार्यालयमा सोमबार दिउँसो पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सपथ लगत्तै शाहीले प्रदेश संसद संचिवालयमा पदवहाली गरेका छन् । सञ्चारकर्मीसंग बोल्दै शाहीले संविधानलाई अक्षरशः आत्मसात् गर्दै दिगो शान्ति र स्थायित्वका लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेर प्रदेशसभाको गरिमालाई उच्च पार्ने कार्यमा लाग्ने दृढता व्यक्त गरेका छन् ।

यस अघि सोमबार प्रदेश मुकाम वीरेन्द्रनगरमा बसेको दोस्रो प्रदेश सभा बैठकले शाहीलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको थियो ।मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका शाही प्रदेशसभाको पहिलो सभामुख हुन्।


प्रदेशसभा सदस्य प्रकाश ज्वालाले सोमबार बसेको संसद बैठकमा शाहीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।प्रस्ताव पेश गर्दै उनले सभामुख पदका लागि प्रतिपक्ष दल कांग्रेसले उम्मेदवारी नदिनु पार्टीहरुबीचको प्रदेश विकास र समृद्धिका लागि अगाडि बढ्ने अवसरको सन्देश भएको बताए। ‘यस प्रदेशमा धेरै चुनौती छन् । भुगोल धेरै जनसंख्या कम छ। भौगोलिक विकटता, अविकास, वेरोजगारी र गरिवीलगायतका समस्या छन्,’ उनले भने, ‘६ नम्बर प्रदेशमा विकास, प्रदेश जनाका खुसी र समृद्धि सबैका एजेण्डा हुन्। त्यसैले कानुन निर्माण गर्ने, विकास निर्माणमा पारदर्शिता गर्ने, विधि, कार्यक्रम बजेटलाई अगाडि बढाउने कुरा सभामुखको भुमिका हुनेछ।’

सभामुखको गरिमामय पदमा बसेको व्यक्तिले कुनै पार्टीको सदस्यको हैसियतमा नभई प्रदेश सभाको साझा नेतृत्वको हैसियतमा भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।एमाले नेता ज्वालाले पेश गरेको सभामुखको प्रस्तावमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले समर्थन गरेका थिए।संघीयता नेपालका लागि नयाँ अभ्यास भएको भन्दै शाहीले कार्यान्वयनका लागि सबै राजनीतिक नेतृत्वले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए।

ज्वालाको प्रस्तावमा समर्थन गर्दै शाहीले जनताले राष्ट्र निर्माणका लागि दिएको दायित्व पुरा गर्न एकजुट हुनुपर्ने बताए।गरिवी र विभिन्न समस्याले ग्रसित ६ नम्बर प्रदेश समृद्ध बनाउन सत्ता पक्ष र प्रतिपक्ष भन्दा पनि सहकर्मीको भूमिकामा राजनीतिक दलहरुले भुमिका निर्वाह गर्नुपर्ने उनले बताए।

सभामुखमा भएपछि शाहीले ऐतिहासिक जिम्मेवारी पाएको बताउँदै इमान्दारिताका साथ पुरा गर्ने बताए। उनले भने, ‘मलाई नितान्त नयाँ जिम्मेवारी प्राप्त भएको छ, सबैसंगको सहकार्यमा संसदलाई जिम्मेवार र मर्यादित बनाउन मेरो भूमिका रहन्छ ।’ शाहीले प्रादेशिक संरचना नयाँ भएकोले थुप्रै ऐन कानून बनाएर संघीय संरचनालाई व्यवहारमै उर्तानु पर्ने भएकोले अव आफ्नो ध्यान त्यतातिर जाने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी