2026-09-21 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल फर्कंन खोज्दा पटक–पटक जेल बसेँ: टेकबहादुर

फागुन २, काठमाडौँ । १५ वर्ष हराएका र १७ वर्षपछि नेपाल फर्कने तयारीमा रहेका कामदार मेरो घर गुल्मी जिल्लाको कल्लीकोट गाविस वडा नं ४ (तत्कालीन) धाप आमडाँडा हो । 

म यहाँ आएको १६ वर्ष १० महिना भयो । मलाई गोल्डेन इन्टरनेसनल सर्भिसेस म्यानपावर गोंगबुले पठाएको हो । त्यसको कार्यालय गोंगबुमा थियो । त्यसको मालिक दिलीपकुमार श्रेष्ठ भन्ने थिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

मलाई साउदी आउनेबित्तिकै उँट चराउने ठाउँ (हाथर अल वातेन) मा लगियो । त्यो मरुभूमि क्षेत्र हो । इराकको सिमानानजिकै पर्छ । त्यसवेलादेखि अहिलेसम्म मैले उँट चराउने काम गरेँ । 

७० वटा उँट चराउने जिम्मा मेरो थियो । वरिपरि ५–७ किलोमिटरसम्म अरू कोही हुँदैनथ्यो । ५–७ किलोमिटर पर अर्को मजरा पथ्र्यो । हिँडेर त्यहाँ पुग्न २–३ घन्टा लाग्ने । यहाँ बस्दा कोही नेपाली भेटिनँ । अन्य मजरामा भारतीय र बंगाली थिए । सुरुमा आठ वर्ष काम गरेको भने ज्याला पाएको थिएँ । आठ सालको ज्याला पाएको थिइनँ । दूतावासले दिलाइदियो ।

त्यसवेला हातमा मोबाइल थिएन । फोन गर्न पाउने ठाउँमा पुग्न २–३ घन्टा गाडीमा जानुपथ्र्यो । तर, साहुले जान दिँदैनथ्यो । पहिले चिठी पठाउँथेँ । तर, परिवारले पाए–नपाएको थाहा छैन । 

मोबाइल भएको भए कुरा हुन्थ्यो । तीन वर्षअघि मैले मोबाइल किनेँ । तर, न नेपालको नम्बर थियो, न टेलिफोनको टावर थियो । अलिमाथि डाँडामा गएपछि टावर आउँथ्यो । दूतावासले सम्पर्क गरेपछि भने घरमा कुरा हुन थाल्यो ।

पहिला पनि नेपाल आउन मन लाग्थ्यो । तर, साहुले जान दिँदैनथ्यो । तीन–चारचोटि भागेर जाने प्रयास गरेँ । तर, पुलिसले समाउँथ्यो, जेल हाल्थ्यो र फेरि साहुकै जिम्मा लगाउँथ्यो । 

कहिलेकाहीँ लेबर कोर्टसम्म मुद्दा पुग्थ्यो । तर, लेबर कोर्टबाट पनि साहुकहाँ नै फर्काइदिन्थ्यो । त्यो सिलसिलामा पटक–पटक १० दिन १२ दिनसम्म पनि जेल बस्नुपथ्र्यो । त्यसवेला मसँग भएको म्यानपावरको फोन नम्बरमा फोन पनि गरेँ। तर, यो अफिस नै छैन भन्यो । सम्पर्क हुन सकेन ।

दूतावासका सरहरूले मेरो उद्धार गर्नुभयो । अब नेपाल फर्कन्छु । दूतावासका सरहरूले खातामा पैसा आएपछि नेपाल जानुपर्छ भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो