2026-09-14 06:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दाङमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक प्रतिष्पर्धा हुने

शंकर के सी/फागुन ५, दाङ । दाङको शान्तिनगरमा प्रजातन्त्र दिवसको अवसरमा जनप्रतिनिधी र कर्मचारिको विचमा रोचक खेल र दोहोरी प्रतियोगिता हुने भएको छ । 

६८ औँ प्रजातन्त्रको अवसरमा शान्तिनगर गाउँपालिकाले अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता र प्रतिष्पर्धात्मक कार्यक्रम गर्ने भएको हो । प्रतियोगितामा शान्तिनगर गाउँपालिका भित्रका इन्छुक व्यक्ति वा समूहले भाग लिनका लागी ६ गते आइतबार सम्म सम्पर्क गर्न सक्ने प्रमुख प्रशासकिय अधिकृत निम बहादुर केसीले जनाएका छन् । उनका लनुसार ७ गते प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

जनप्रतिनिधी र कर्मचारिको विचमा लोकदोहोरि प्रतियोगिता राखिएको र जीत्नेलाइ ५००० रुपैया पुरस्कार प्रदान गरिने उनले जनाए । यस्तै जनप्रतिनिधी र कर्मचारिको विचमा फुटबल प्रतियोगीता राखिएको छ । जीत हात पार्ने समूहले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।

भलिवल प्रतियोगितामा १० हजार, ७ हजार र ५ हजार पुरस्कार राखिएको छ भने फुटबल प्रतियोगितामा १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार राखिएको छ । 

यस्तै सटफुट प्रतियोगितामा ३ हजार, २ हजार र १ हजार, लोक दोहोरि प्रतियोगितामा ६ हजार, ४ हजार र २ हजार पुरस्कार राखिएको छ ।

मावि स्तरिय हाजिरि जवलाफ प्रतियोगिता, आधारभुत विद्यालय स्तरिय नृत्य प्रतियोगिता पनि राखिएको प्रमुख प्रशसकिय अधिकृत केसीले बताए । 

यी दुबै प्रतियोगितामा बराबर पुरस्कार अर्थात  ५ हजार, ३ हजार, १ हजार प्रदान गरिने छ । सितेरियो कराते शो गेम पनि हुने छ । जसमा उत्कृष्ट हुनेलाइ ५ हजार रुपैयाँ प्रदान गरिने छ ।  

शान्ति नगरमा खेलकुद र खेलमैत्री पर्यटनको बिकास गर्दै राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गरि अनुशाशीत, सक्षम , सबल र स्वस्थ नागरिक उत्पादन गर्ने लक्ष्य राखिएको शान्तिनगर गाउँ पालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ