२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ७ का मुख्यमन्त्री पदभार सम्हालेकै दिन आकस्मिक अस्पताल पुगे

२०७४, ६ फाल्गुन आईतवार ११:४१

फागुन ६, कैलाली । प्रदेश नम्बर ७ का नवनियुक्त मुख्यमन्त्री त्रिलोचन भट्ट मुख्यमन्त्री बनेकै दिन सेती अंचल अस्पतालको अनुगमन गर्न पुगेका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका भट्टले आफ्ना मातहतका कर्मचारीहरुलाई निर्देशन दिँदै विकासमा पछाडि परेको प्रदेश ७ लाई नमुना प्रदेश बनाउन इमान्दारिताका साथ लाग्न आग्रह समेत गरे । 

त्यसपछि उनी धनगढीस्थित सेती अञ्चल अस्पतालको आकस्मिक अनुगमनमा पुगे । अञ्चल अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो आइरहेका बेला मुख्यमन्त्री भट्ट आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले बिरामीलाई अस्पतालले दिने सेवाको प्रभावकारिता, निःशुल्क औषधी पाए नपाएको विषयमा चासो राखेका थिए ।

अस्पतालका चिकित्सकहरु निजी क्लिनिकहरुमा काम गर्ने र निःशुल्क औषधिसमेत बिरामीले नपाउने गुनासो सुनेकाले अनुगमन गरेको मुख्यमन्त्री भट्टले बताए ।


तश्विरमा: धनगढीमा प्रदेश नम्बर ७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार पदबहाली गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्वीरः तिलकराज ओझा, धनगढी, रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन