2026-09-14 05:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा: शहीदपत्नी पनि मजदूरीमै, फेरिएनन् मजदूरका दिन

कविता उपाध्याय/फागुन ८, रोल्पा । “प्रजातन्त्रको अनुभूति गर्न पाउनु त टाढाको कुरा हामीले फागुन ७ गते प्रजातन्त्र दिवस पर्छ भन्नेसमेत थाहा पाएका छैनौँ”, रोल्पा नगरपालिका स्थायी घर बताउने सुकमाली डाँगीले भन्नुभयो । 

५० वर्षीया डाँगी शहीदपत्नी हुनुहुन्छ । सशस्त्र युद्धका समयमा श्रीमान्को हत्या भएपछि डाँगी तीन छोरा र एक छोरीसहित जिल्ला सदरमुकाममा मजदूरी गर्दै आउनु भएको छ । संघीयताको त कुरै छाडाँै नयाँ संरचनापछि उहाँलाई आफ्नो वडा कति नम्बरमा पर्छ भन्ने कुरासमेत थाहा छैन । 

“श्रीमान् शिक्षक हुनुहुन्थ्यो । २० वर्ष पहिले स्कूल गएका श्रीमान्लाई पुलिसले मारे भन्ने खबर आयो । उहाँको मृत्युपछि सरकारले दिएको राहतले छोराछोरी पढाउँदै आएकी छु ।” 

“आफूले ढुंगामाटोको काम गरेर कमाएको ज्यालाबाट साँझ बिहानको गुजारा चल्छ”, उहाँले लामो श्वास लिँदै भन्नुभयो । डाँगीलाई आजसम्म पनि प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रका बारेमा केही थाहा छैन । 

“सुन्न त सुनेकी छु, सुनेपनि के काम, मजदूरका दिन कहिले फेरिएलान् ?” उहाँको राज्यसँग प्रश्न छ । प्रेम विवाह गरेकी डाँगी बिहेपछि श्रीमान्सँग करिब १२ वर्षमात्र सँगै बस्नुभएको हो । युद्धका नाममा श्रीमान्को हत्या नभएको भए आज डाँगीलाई ढुंगामाटोमा दिनरात बिताउनु पर्ने थिएन कि जस्तो लाग्छ । 

आम शिक्षकका परिवार जस्तै उहाँको परिवारमा पनि श्रीमान्को तलबबाट जीविका चल्ने थियो भन्ने उहाँलाई लाग्छ । पटकपटक चुनावमा प्रचार गर्न जानेले शहीद परिवारलाई गाडी भाडा बिना नै यात्रा गराउने आश्वासन बाँडेको भएपनि त्यो पूरा हुन नसकेपछि उहाँमा गुनासो रहिरहेको छ । 

“जे दिवस आए पनि हामीलाई केही फरक पर्दैन, हाम्रा दिन फेरिएनन् । अब त फेरिएलान् जस्तो पनि लाग्दैन ।” उहाँले भन्नुभयो । 

डाँगीलाई आफ्नोभन्दा अझ बढी छोराछोरीको भविष्यको चिन्ता छ । उहाँका अनुसार राहतबाट आएको रकमले छोरा काठमाडौँमा पढ्दैछ । “जेठी र कान्छी छोरी सानै उमेरमा आफैँ विवाह गरेर गइसके । माइली छोरी मसँगै छे । दुःखसुख गरेर लिबाङको एक विद्यालयमा पढाइरहेकी छु,” उहाँले सुनाउनुभयो । 

सन्तानले धेरै पढ्नसके केही गर्लान् कि भन्ने आशा भए पनि छोरीहरु बालविवाह गर्दै जानाले उहाँलाई बेलाबेला थप निराश बनाउने गरेको छ । 

डाँगीजस्तै परिवर्तन गाउँपालिका– ५, रोल्पाका अनिलकुमार घर्तीले पनि जिल्ला सदरमुकाममा करिब १२ वर्षदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनुभएको छ । ३९ वर्षीय घर्तीका अनुसार दिनभरि ढुंगामाटोमा पसिना चुहाएमात्र उहाँको परिवारले साँझ बिहान पेटभरि खान पुग्छ । 

एक दिन बिरामी भए वा काममा अल्छी गरे भोकै बस्नुपर्ने बाध्यता रहेको पनि उहाँले सुनाउनु भयो । यसअघि मजदूरीका लागि भारतका विभिन्न स्थानमा लामो समय खर्चिएका घर्तीले २०६२/०६३ को आन्दोलनपछि नेपालमै मजदूरका दिन फेरिन्छन् भन्ने सुनेर स्वदेश फर्कनुभएको थियो । 

यसरी स्वदेश फर्किएका घर्तीले कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रको चर्चा चलेको सुन्दै आउनुभएको छ । तर पनि मजदूरका जीवनमा कुनै तन्त्रले पनि सकारात्मक प्रभाव छोड्न नसकेको उहाँको अनुभव छ । 

आफ्नो जीवनमा उहाँले इच्छाएको पार्टी र नेता रोज्दै करिब छ÷सात पटक भोट हालिसक्नुभएको छ । मजदूरका लागि न त कुनै तन्त्रले केही ग¥यो न त आफूले जिताएका नेताले नै आफूहरुका बारेमा केही सोचेका छन्, उहाँले दुःखेसो पोख्नुभयो । 

ढुंगामाटोमै पसिना चुहाउँदै आएका घर्तीले दुई सन्तानलाई सरकारी विद्यालयमा भर्ना गराउनु भएको छ । तर सन्तानका दिन पनि नफेरिएलान् कि भन्ने विषयमा उहाँलाई हरपल चिन्ता छ । 

यस्तै, रोल्पा नपा–८ का ३८ वर्षीय तेजराम खत्रीले पनि रोजगारीका लागि कतार, मलेशियालगायतका विभिन्न स्थानमा वैदेशिक रोजगारीका शिलशिलामा लामो समय खर्चिसक्नु भएको छ । 

बिहे गरेको केही समयमै बाँकी जीवन सुखसँग बिताउने आश्वासनसहित श्रीमतीलाई घरमै छोडेर रोजगारीका लागि हिँडेका खत्रीको पनि वैदशिक रोजगारीले जीवनमा कुनै किसिमको परिवर्तन ल्याउन सकेन । विदेशमा सोचेअनुरुप कमाइ नभइरहेकै बेला देशमै जनताका दिन फेरिन्छन् भन्ने सुनेपछि उहाँ पनि स्वदेश फर्कनुभयो । 

दशवर्षे सशस्त्र युद्धले उथुलपुथल भएको रोल्पा र रोल्पालीका दिन फेरिने, युवाले रोजगारी पाउने भन्ने खबर पाएपछि उहाँ निकै उत्सुकताका साथ घर फर्कनुभएको थियो । अब रोजगारी पाए परिवार पाल्न सजिलो हुनेछ भन्दै घर फर्किएका खत्रीका पर्खाइमै दिन बितिरहेका छन् । 

उहाँले पनि सदरमुकाममा ढुंगामाटो गरेर जीविका चलाउँदै आउनुभएको छ । तर बूढेशकालमा काम गर्न नसक्दा पो के गर्ने भन्ने चिन्ताले उहाँलाई बेलाबेला पिरोल्ने गर्छ । अरु केही नभए पनि सरकारले मजदूरका छोराछोरीलाई निःशुल्क उच्च शिक्षा दिनसके पनि ठूलो राहत हुने थियो, उहाँ भन्नुहुन्छ । 

यसैगरी, साविकको पाछाबाङ गाविस–६, रोल्पाका शर्मिला बूढा हाल ३५ वर्षकी हुनुुहन्छ । उहाँले पनि जिल्लामा लामो समयदेखि ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनुभएको छ । “आठ÷नौ वर्षदेखि वैदेशिक रोजगारीमा पुगेका श्रीमान्को कमाइ ऋण तिर्दैमा ठिक्क छ । अझै तीन वर्ष आउनुहुन्न होला”, उहाँले भन्नुभयो । 

आफूले कमाएको कमाइ घरखर्चमै तथा श्रीमान्को तलब ऋण तिर्नमै ठिक्क भएपछि उहाँको जीवनमा नयाँ प्रगति हुन सकिरहेको छैन । देशमा विभिन्न राजनीतिक उतारचढाव आइरहे पनि मजदूरका भविष्यका बारेमा कसैले पनि नसोच्दा दिक्क लाग्ने गरेको उहाँले बताउनुभयो । श्रम गरेअनुसार जीवनमा परिवर्तन नआउँदा दुःख लाग्ने गरेको उहाँले बताउनुभयो । 

सबैजसो मजदूरले आफ्नोभन्दा पनि आफ्ना छोराछोरीको भविष्यको चिन्ता गरेका छन् । यसतर्फ समयमै सरोकारवालाको ध्यान जानुपर्नेमा मजदूरको सुझाव छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ