१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ६ मा कर्मचारी नहुदा समस्या

१० फाल्गुन २०७४, बिहीबार १०:२८

फागुन १०, सुर्खेत | प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो ।

प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २३, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २९ जनाको गरी २१५ कर्मचारीको दरबन्दी कायम छ । 

दरबन्दीअनुसारका कर्मचारी यो प्रदेशमा नआएको ६ नं प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिनुभयो । मन्त्रालयका सचिवसहित आजसम्म ६६ जनाले कर्मचारीले नियमित हाजिर गरिरहेको उहाँले बताउनुभयो । यो प्रदेशमा दरबन्दी भएर पनि १५० कर्मचारी अझै सम्पर्कमा आएका छैनन । 

प्रदेश नं ६ अन्तर्गत प्रदेश प्रमुखको कार्यालयमा छ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १३, प्रदेशसभा संसद्को सचिवालयमा १६, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा १४, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ११, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २१, सामाजिक विकास मन्त्रालयमा २५, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २१ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २२ जना गरी १४९ जना कर्मचारी सम्पर्कमा नआएको प्रमुख सचिव प्रधानले जानकारी दिनुभयो । 

केन्द्रले खटाएका कर्मचारीलाई सम्बन्धित मन्त्रालयका सचिवमार्फत पनि ताकेता तथा थप कर्मचारीका लागि सामान्य प्रशासन मन्त्रालयसँग नियमित समन्वय गर्नेकाम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

“मन्त्री नियुक्त भएर मन्त्रालयमा आइसक्नुभएको छ तर केन्द्रीय सरकारले पठाएका कर्मचारी नहँुदा कामकाजमा समस्या भयो” उहाँले भन्नुभयो । हालसम्म सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा तीन जना मात्रै हाजिर भएको प्रधानले जानकारी दिनुभयो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रशासन सचिव यज्ञराज बोहरा, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिव केशवप्रसाद आर्चाय, आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव ढुण्डीप्रसाद निरौला, सामाजिक विकास मन्त्रालयमा निमित्त सचिव भक्तबहादुर ढकाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिव विद्यानाथ झा र भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयमा सचिव शिवनारायण चौधरीले जिम्मेवारी समाल्नुभएको छ । 

प्रदेश प्रमुखको कार्यालयमा भने सचिव नहुँदा निमित्त सचिवका रुपमा शाखा अधिकृत निर्मला रेग्मीले काम गरिरहनुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह