१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री शाही र प्रदेश नं. ७ का मुख्यमन्त्रीका दुतबीच भेटवार्ता

१० फाल्गुन २०७४, बिहीबार १६:००

फागुन १०, सुर्खेत | कर्णाली नदी वारीपारी रहेका प्रदेश ६ र ७ ले सहकार्यका लागि छलफल थालेका छन् ।प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले सुर्खेत आएर प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेका हुन् । बोहोरा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको दूतका रुपमा सुर्खेत आएका थिए ।

भट्टले दुई प्रदेशबीच समन्वय गर्ने र अन्तरप्रादेशिक सम्बन्ध विस्तार गर्ने सन्देशसहित दूत पठाएका हुन् ।भेटमा दुई प्रदेशको समृद्धि, प्रदेश सरकारले निमार्ण गर्ने ऐन, नियम र कानून र करको दायरामा एकरुपता ल्याउने विषयमा सकारात्मक छलफल भएको छ ।दुई प्रदेशको रितिरिवाज, भुगोल, संस्कृति र रहनसहन मिल्ने भएकाले एक अर्काको परिपुरकका रुपमा साझा धारणा बनाएर काम गर्नुपर्नेमा दुबैको जोड थियो ।

कर्णाली नदीको वारीपारी रहेका दुई छिमेकी प्रदेशमा करको दायरमा फरक पर्दा जनतामा विवाद हुने भएकोले त्यसलाई एकरुपमा ल्याउने विषयमा कुराकानी भएको प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जानकारी दिए ।‘दुई छिमेकी प्रदेश उस्तैउस्तै छन्, सम्भावना र चुनौती पनि उस्तै हो,’ मन्त्री बोहोराले भने, ‘कर्णाली नदी दुबै प्रदेशमा छ, प्रदेशस्तरबाटै विद्युत निकाल्न सम्भव छैन्, यस्ता विषयमा साझा धारणा बनाएर केन्द्र सरकारसँग पहल गर्ने विषयमा छलफल भयो ।’

भेटमा मुख्यमन्त्री शाहीले प्रदेश ६ मा पहाडी जिल्लामात्रै रहेको र भारतसँग जोड्ने अन्तराष्ट्रिय सीमा नाका नभएकाले दुई प्रदेशवीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । दक्षिणमा अन्तराष्ट्रिय सीमान नभएकोले उत्तरी नाका खोलेर व्यापार सम्झौता गर्ने योजना बनाइएको मुख्यमन्त्री शाहीले बताएका छन् ।आगामी सरकारको लोगसेवा कार्य्बिधि, आगामी बजेट, भौतिक पूर्वाधार नीति निमार्णमा एक रुपता ल्याउने विषयमा समेत मुख्यमन्त्री शाही र मन्त्री बोहोरावीच छलफल भएको थियो । आगामी दिनमा समृद्धिका लागि नीति तथा कार्यक्रमहरु दुई प्रदेशको समन्वयमा तयार गर्नुपर्ने मन्त्री बोहोराले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह