2026-07-05 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ नम्बर प्रदेशलाई ‘नमुना प्रदेश’ बनाउने मुख्यमन्त्री भट्ट

फागुन १२, डोटी | ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताउनुभएको छ  । दिपायलमा १२ दिनदेखी चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।  

संघीयता कार्यान्वयनको ऐतिहासिक अभिभारा आफ्नो काँधमा आएको बताउदै उहाँले त्यसको भविष्य पनि आफुहरुको हातमा रहेको बताउनुभयो ।  संघीयताको ब्यबस्थित कार्यान्वयन नभए फेरी जनता संघर्षमा उत्रने समेत उहाँले बताउनुभयो । 

प्रदेश सरकार अहिले गम्भीर भएर प्रदेशको जग बसाल्ने कार्यमा जुटेको मुख्यमन्त्री भट्टले बताउनुभयो । जसका लागि आवश्यक नीतिगत काम गरिरहेका छौ । स्थानीय र संघ सरकारसंग समन्वय गर्ने देखी प्रदेशको बिकासको खाँका कोर्ने काममा प्रदेश सरकार लागिरहेको उहाले बताउनुभयो । 

७ नम्बर प्रदेश चुनौती र सम्भावनाको बिचमा रहेको टिप्पणी गर्दै चुनौतीहरुलाई चीरेर सम्भवना साकार पार्दै ‘नमुना प्रदेश’ बनाउने आफ्नो अभियान रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । नमुना प्रदेश बनाउन आफ्नो मुख्य ‘चार सम्भावना’हरु उत्पादनयोग्य जमिनको उपयोग,  जलस्रोत, पर्यटन र जडिबुटीलाई बिशेष प्राथमिकतामा रहने बताउनुभयो । 

राजधानीका लागि ज्ञापनपत्र र हस्ताक्षर हस्तान्तरण

समारोहकै बिचमा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र बहादुर खड्काले मुख्यमन्त्री भट्टलाई ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । साथमा महोत्सवमा संकलन गरिएको हस्ताक्षर पनि बुझाईएको छ । जसमा चार सय बर्गमिटर कपडामा एक लाखभन्दा बढी हस्ताक्षर रहेको आयोजकले जनाएको छ । 

साथै अध्यक्ष खड्काले मुख्यमन्त्री भट्टलाई  ‘७ नम्बर प्रदेशको राजधानी दिपायल किन ?’ शिर्षकको पुस्तक पनि हस्तान्तरण गरेका छन् । २०७१ सालमा डोटी उद्योग बाणिज्य संघले प्रकाशित गरेको थियो । जसमा मुख्यमन्त्री भट्टको पनि आलेख समाबेश छ । 

राजधानीका बिषयमा मुख्यमन्त्री भट्टले आफु संबैधानिक ब्यबस्था अनुसार दिपायल राजधानी बनाउने पक्षमा लागिरहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै