2026-08-30 03:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली राजमार्गका सवारीमा निगरानी बढाईने

फागुन ११, सुर्खेत | प्रदेश नम्बर–६ को कर्णाली हाइवेमा गुड्ने सवारी साधनमा निगरानी बढाइने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली हाइवेमा गुड्ने सवारी साधनलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ट्याकिङमार्फत निगरानी राख्ने भएको हो।इलोक्ट्रोनिक प्रदेश निर्माण गर्ने रणनीति अनुसार सवारी दुर्घटनाको उच्च जोखिम मानिने कर्णाली हावेइमा उक्त प्रविधि जडान गरिने भएको हो ।

ग्लोबल पोजिसनिङ सिस्टम (जीपीजीपीएस ट्याकिङ सफ्टवेयरमार्फत एस) मार्फत कुन सवारी साधन कुल स्थानमा गुडिरहेको छ ? कति यात्रु सवार छन् ? लगायतको प्रत्यक्ष जानकारी राखिने छ ।ट्राफिक दुर्घटना न्यूनिकरण र यातायात व्यवस्थापनका लागि यात्रायात व्यवसायीहरुसँग समन्वय गरी सवारी साधनमा उक्त उपकरण जडान गरिने मन्त्रालयले जानकारी दिएको छ ।

ग्लोबल पोजिसनिङ सिस्टम जडान गरिएको सवारी साधनको निगरानी प्रदेश प्रहरी कार्यालय सुर्खेतले राख्ने छ । अबको पाँच दिनभित्र प्रहरीको ड्यूटी रहने सवारी साधनमा समेत उक्त उपकरण राखिने प्रदेश प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले बताए । उनका अनुसार ग्लोबल पोजिसनिङ सिस्टमले तत्कालिन समयको लोकेशनको जानकारी दिनेछ ।

हाल यस प्रदेशमा सवारी दुर्घटनाका कारण ११ प्रतिशत मानिस मृत्यु हुने गरेको छ। बढ्दो दुर्घटनालाई न्यूनिकरण गर्न ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गरिने एआइजी चन्दले बताए । जसअन्तर्गत कर्णाली राजमार्ग, छिञ्चु–दैलेख राजमार्ग र कपुकोट–रुकुम राजमार्गमा हावेइ पुलिस पोर्टल, चालक, नागरिक र सडक प्रयोगकर्तालाई सडक दुर्घटनाबारे जानकारी दिइने छ । नौं दिनसम्म सडकस्तरमा कार्यक्रम गरिने उनले बताए ।

यात्रुको सुविधालाई ध्यानमा राखेर कर्णाली हाइवेमा चल्ने सवारी साधनहरुको टाइम कार्ड परिवर्तन गरिएको छ । मन्त्रालयले गाडी चालकले मादक पदार्थ सेवन नगरेका साना सवारलाई जुनसुकै बेला पनि ओहोर–दोहोन गर्न पाउने व्यवस्था मिलाएको हो । विगतमा कर्णाली राजमार्ग रातको सयममा यातायात सञ्चालनमा कडाइ गरिएको थियो । मन्त्रालयले यात्रुवाहक ठूला सवारी बाहेक साना सवारीलाई अब रातको समयमा पनि सञ्चालन गर्न पाउनेगरी अनुमति दिएको हो ।

यात्रुवाहक र ठूला सवारीलाई भने रातको १० बजेदेखि विहान ५ बजेसम्म रोक लगाइने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए । उनले यात्रुवहाक सवारीलाई यसअघि राती ८ बजेपछि रोक लगाउँदै आएकोमा अब दुई घण्टा बढाएर १० बजेसम्म सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने