१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपाका नेता भन्छन- ‘हाम्रो क्रान्ति रोकिएको छैन’

१२ फाल्गुन २०७४, शनिबार ०२:२५

कविता उपाध्याय/फागुन १२, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापले आफूहरु बैचारिक लडाइको मोर्चामा रहदा सम्म क्रान्ति नरोकिने बताउनु भएको छ । 


नेपाल कम्यूनिष्ट पार्टी रोल्पाको आयोजनामा विहिबार रोल्पाको लिबाङमा सम्पन्न ‘कथित बाम सरकार, लोकतन्त्र र बैज्ञानिक समाजबाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो “हामी हिजोको जस्तो चौकी हान्ने, जंगल पस्ने क्रान्ति गर्दैनौं । हिजोको क्रान्तिले काटमार र हत्याहिंसा बुझायो आजको हाम्रो क्रान्ति भनेको आमूल परिवर्तनका लागि शान्तिपूर्ण हुनेछ । तर आजफेरि रगत नै बग्दैन भन्ने चाहि होइन क्रान्तिमा बलिदानी हुन्छ अलिअलि रगत बग्न सक्छ । आजको क्रान्तिका मुख्य हतियार भनेका जनता हुन् । मानसिक रुपले जनता सुसज्जित नहुँदा सम्म हामी क्रियाशिल रहीरहनेछौं” ।


सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने झूठा नाराको आडमा बाम सरकारले सत्ता कब्जा गरेको उहाँको आरोप छ । लोकतन्त्रमा नेता गरिव हुन्छ, जनताको समृद्धि हुदै जान्छ तर नेपालमा यस्को विपरित नेताको समृद्धि हुँदै गएको छ भने जनता झनझन गरीव हुँदैछन् । जनताका अधिकारहरु कुण्ठित गरिदैछन् के यही हो लोकतन्त्र ? उहाँले सत्ताधारी तर्फ इंगित गर्दै प्रश्न गर्नुभयो । 

यसरी राष्ट्रियताको स्वाधिनतामा संकट आयोभने देश उथलपुथल हुन सक्ने भन्दै उहाँले चिन्ता समेत प्रकट गर्नभएको छ । 

यस्तै कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासले नेपाली जनताले जनयुद्ध पार गरेर आएको भएपनि क्रान्ति अधुरो रहेको हुँदा आफूहरुले यस्को नेतृत्व गरिरहेको बताउनु भयो । 


नेपालमा अझैपनि जातीय, क्षेत्रिय उत्पीडन रहिरहेको हुँदा आफूहरु क्रान्तिमा होमिनु परेको बताउदै उहाँले भन्नुभयो हिजो हामी घस्रिन्थ्यौं, आज हिड्दैछौं । भोलि दौडिन्छौं र पर्सी उडान भर्छाै ।  

“दशवर्षे सशस्त्र युद्धका बेला लाशको चाङमा टेकेर नेता भएका रक्त पिपासु जुकाहरु सिंहदरबारमा छिरेर जनतालाई दमन गरिरहेका छन्” उहाँले प्रचण्ड तर्फ इंगित गर्दै भन्नुभयो । 

२०५२ सालभन्दा अगाडि एमालेसंग मिलेर गएको भए १७ हजार जनताको रगतको खोला नबगाएर आजको जति सुविधा त्यसैबेला प्राप्तहुने उहाँको भनाइ छ । 

कार्यक्रममा नेकपाका कार्यकर्ताहरु, जिल्लामा क्रियाशिल पत्रकारहरु, राजनीतिक दल, नागरिक समाज लगायत सरोकारवालाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह