2026-07-26 09:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

सांगीतिक रियालिटी शो खोटाङ आईडलको उत्कृष्ट पाँचजना छनौट

चिसाङ शेर्पा | फागुन १३, खोटाङ | जिल्लामा सर्वाधिक चर्चामा रहेको  सांगीतिक रियालिटी शो खोटाङ आईडलको उत्कृष्ट ५ जना छनौट भएको छ । गायन प्रतियोगिता आईडलको अन्तिम तथा फाईनल राउण्डका लागि उत्कृष्ट बाह्रजनालाई शनिबार पाचजनामा छनोट गरिएको हो ।

‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा जिल्लाभित्रका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको छैठौ अडिसनबाट खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राइ, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई, दिप्रङ गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राई छनोट भएका हुन् ।

निर्णायकको ६० प्रतिशत, भोटिङको ४० प्रतिशत भोट आधारमा उत्कृष्ट पाँचमा परेका  प्रतिभाहरुले आगामी चैत्र ३ गते ‘खोटाङ जागरण’ गीतमा अन्तिम प्रर्तिस्पर्धा गर्नुपर्ने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । गायक रुपकुमार राई, गायक तथा संगीतकार पदम थुलुङ राई र पृथी जिम्बाको निर्णायकबाट उनीहरु फाईनलका लागि छानिएका हुन् । 

माथिको तश्विरमा: खोटाङ आईडलको उत्कृष्ट पाचजना, तस्विर चिसाङ शेर्पा/साझा सबाल (खोटाङ) 

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीघारा आयोजित रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कारहरु बिदेशमा बसोबास गर्ने  खोटाङगेबाट जुटेको हो । 

छैठो राउण्डबाट ऐसेलुखर्क गाउपालिका–३ बाकाचोलकी ११ बर्षिय कञ्चन राई, रावाबेशी गाउँपालिका–१ कुभिण्डेकी १० बर्षिय ईशारा राई, साकेला गाउँपालिका–३ रतन्छाकी २१ बर्षिय सुजाता परियार, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २५ बर्षिय उमेश राई, सोही स्थानका १६ बर्षिय केदार अनुरागी, रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका २० बर्षिय राजन गिरी, सोही नगरपालिका–४ खाल्लेकी १९ बर्षिय सिर्जना राई बाहिरीएको आयोजकले जनाएको छ ।

सांगीतिक रियालिटी शो आईडलको प्रगतीको कामनासहित रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका गायक तथा संगीतकार धनिराम राईले १० हजार, पुर्व सभासद दुर्गाजयन्ती राई १ हजार ३०, उदिम चाम्लिङ १ हजार ५०, रसकुमार राई ३ हजार ५ र भुपाल राईले १ हजार ५ आर्थिक सहयोग समेत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ