२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडा गाउँपालिका अव साइपाल गाँउपालीका

१३ फाल्गुन २०७४, आईतवार १५:५२

टेकेन्द्र बोहरा | फागुन १३, बझाङ |  स्थानीयको तहको आठ महिना लामो आन्दोलनपछि काँडा गाउँपालिकाले अव साईपाल गाँउपालीकाको मान्यता पाएको छ । 

काँडा गाउँपालिकाको नाम परिवर्तन गरेर साइपाल गाउँपालिका कायम गरिएको हो । जिल्लाको सबैभन्दा अग्लो हिमाल साइपालको नामबाट गाउँपालिकाको नामाकरण गर्ने कार्यपालिकाको निर्णय मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि नाम परिर्वतन भएको हो । 

समुन्द्र सतहबाट ७ हजार ३६ मिटरको उचाइमा रहेको साइपाल हिमालको नामबाट गाउँपालिकाको नामाकरण गर्न पाउनु सौभाग्य भएको साईपाल गाँउपालीकाका घुरन बोहराले बताए। 

‘साइपाल हिमाल सुदूरपश्चिमकै प्राकृतिक धरोहर हो’। गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भन्नुभयो, ‘यो हिमाल हाम्रो गाउँपालिकाको भुगोल भित्र हुनु र गाउँपालिकाको नामाकरण पनि साइपालकै नामबाट गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो’ ।

साइपाल हिमाल आरोहण र पर्यटकीय गतिविधी व्यवस्थापन गर्न सके मात्र गाउँपालिकाको आम्दानीको ठूलो स्रोत साइपाल हिमाल हुने भएकोले यसको प्रचार प्रसार गर्नका लागि हिमालको नामबाट गाउँपालिकाको नाम राखिएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयो ।

जिल्लाकै सबैभन्दा दुर्गम मानिने साइपाल गाउँपालिका क्षेत्रफलका हिसाबले नेपालकै ठूलो गाउँपालिका हो । १ हजार ४ सय ६७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लाकै सबै भन्दा उच्च हिमाली क्षेत्रमा रहेको गाउँपालिकासमेत हो । 

चिनको स्वसासित क्षेत्र तिब्बतसँग जोडिएको यस गाउँपालिकाको जनसंख्या २ हजार १ सय ८२ रहेको छ । जडिबुटीको भण्डार मानिने यो गाउँपालिकाको क्षेत्रमा अभ्रख, काइनेट, क्वार्ज, चुनढुगा, फलामलगायतका बहुमूल्य खनिजहरुसमेत रहेको खानी तथा भूर्गभ विभागको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल