२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ग्रामीण बस्तीका समस्या लिएर मन्त्रालय आउनेहरुको घुइँचो लाग्यो

२०७४, १३ फाल्गुन आईतवार १५:५४

फागुन १३, सुर्खेत । कर्णाली प्रदेश सरकारले पुणर्ता पाएसँगै ग्रामीण बस्तीका समस्या लिएर मन्त्रालयमा आउने सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीको जिम्मेवारी बाडफाँड गरेपछि विषयगत मन्त्रालयमा मन्त्रीलाई बधाई दिन र विकास माग्न सर्वसाधारणको भिड लाग्ने गरेको हो। केन्द्रिकृत राज्य व्यवस्थामा आफ्ना समस्या र गुनासो सिंहदरवार पु¥याउन नसकेका कर्णालीबासी प्रदेश तहका मन्त्रालयमा धाउन थालेका हुन्।

प्रदेश मन्त्रालयमा मन्त्री आएपछि आफ्ना समस्या राख्न कर्णालीबासी प्रदेश राजधानी वीरेन्द्रनगर आउन थालेका छन्। प्रदेशले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएपछि कर्णालीबासीले खुसीका साथ मन्त्रालयमा पुगेरै बधाई दिनुका साथै विकास आयोजनाहरु माग्न थालेका हुन्।

‘कर्णालीबासीले विकास भएको हेर्न इच्छा अधुरै रह्यो । कर्णाली क्षेत्र सधै केन्द्रीय सरकारको उपेक्षामा प¥यो।’ तातापानी गाउँपालिकाका–४ जुम्लाका धनकृष्ण पाण्डे भने,‘कर्णालीका जनताका लागि सरकार छ भन्ने अनुभुति अब हुनेगरी विकास चाहिएको छ।’

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भेटिएका उनले घर नजिकै सरकार आएकाले विकास हुने अपेक्षा लिएको बताए।मन्त्रालयमा मन्त्रीलाई भेटेर आफुले कर्णालीको विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएको बताए।

‘बर्षाैदेखि मन्त्री भेट्न त कहाँ हो, देख्न नपाएको हामीले मन्त्रीलाई भेट्ने अवसर पाएका छौं’ उनले खुसी हुँदै भने,‘विकास माग्नुभन्दा पनि पहिला बधाई दिएको छु। उहाँले कर्णालीको विकासका लागि कटिबद्ध भएका काम गर्ने भन्नु भएको छ।’

करिव पाँच जनाको शुभचिन्तकसहित मन्त्रालयमा पुगेका पाण्डेले मन्त्री भण्डारीलाई भेट्न करिव दुई घण्टा पछि पालो पाएका थिए। मन्त्री भण्डारीले पाण्डेको सुझाव ग्रहण गर्दै ६ नम्बर प्रदेशको विकास र समृद्धिका लागि कटिवद्ध भएर लाग्ने आश्वासन दिए।

‘वीरेन्द्रनगर प्रदेश राजधानी भित्रको नगरपालिका हो’ मन्त्री भेट्न मन्त्रालय पुगेका वीरेन्द्रनगर–१७ रतुका हिक्मत वलीले भने,‘निर्वाचनमा विजयी भए विकास योजना पार्छु भन्नु भएको थियो।

मन्त्री भएकोमा बधाईसँग केही समस्या राख्न मन्त्रालय आएको हुँ’ भौतिक पुर्वाधार मन्त्री खड्क खत्रीलाई भेट्ने लाइनमा बसेका उनले मन्त्री समक्ष गाउँका समस्या सुनाउने र योजना माग गर्ने बताए।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका केही वडाहरुमा विद्युत पुग्न सकेको छैन्।केही वडाहरुमा खानेपानी, सडकलगायतको अभावमा छन्। राजधानी भएको नगरपालिकाका जस्ता समस्या कर्णालीका सबै जिल्लामा छ। 

मन्त्रीलाई बधाई दिने अवसर मिलाएर यस्ता समस्या लिएर मन्त्रालय आउने पाण्डे र वली प्रतिनिधि पात्र मात्रै हुन् । साविकको क्षेत्रीय स्तरका कार्यालयमा हाल प्रदेश तहका मन्त्रालयहरु बनाइएको छ। 

विगतमा फाटफुट सेवाग्राही आउने ती कार्यालयमा हिजोआज मन्त्रीलाई बधाई दिन आउने कार्यकर्ताको भीड बढेको छ। क्षेत्रीय कार्यालयमा मन्त्रालय तोकिएसँगै पदभार सम्हालेका मन्त्रीलाई भेट्न आउने कार्यकर्ताहरुको भीड लाग्ने गरेको हो।

नवनियुक्त मन्त्रीलाई बधाई दिने मौका छोप्दै सर्वसाधारणले आफ्ना गाउँ–ठाउँका समस्या मन्त्रीलाई सुनाउने गरेका छन् । संघीय संरचनाअनुसार घर–आगनमै सिंहदरवार आएपछि आमनगरिकहरुमा खुसी छाएको छ।मन्त्रीहरुलाई भेट्न आउने सर्वसाधारणहरुले प्रदेश नम्बर ६ को समग्र विकास र समृद्धिका लागि काम गर्न सुझाव दिने गरेका छन्। कार्यकर्ताहरुले चुनावका क्रममा दिएका आश्वासन सम्झाउँदै मन्त्रीहरुलाई कार्य सफलताको शुभकामना दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू