२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशका सांसदहरु भन्छन्- ‘खर्च धान्न धौधौ भएर पैसा लियौं’

१८ फाल्गुन २०७४, शुक्रबार १५:३४

फागुन १८, सुर्खेत । कर्णाली प्रदेशका सांसदहरूले सेवा सुविधासबन्धी ऐन बनुञ्जेलसम्म धान्ने खर्च नभएकाले पेश्की लिएको बताएका छन् । 

मंगलबार कर्णालीका प्रदेश सभा सदस्यले पेश्कीमार्फत् १/१ लाख रुपैयाँ लिएका थिए । दैलेखका प्रदेशसभा सदस्य अमरबहादुर थापाले सपथ लिएको दिन (माघ ७ गते) बाट सांसदको सेवा सुविधा सुरू भएकाले पेश्की लिनु स्वभाविक भएको बताए ।

‘कोही साथीहरू होटलमा बस्नुभएको छ, कोही भाडामा। सुर्खेतमा बस्न  खर्च भयो, त्यही धान्न पेश्की दिइएको हो,’ थापाले भने, ‘सरकारले  नैनिर्णय गरेर पेश्की दिएको हो, हामीले दिनुपर्छ पनि भनेका थिएनौं।’उनले ऐन बन्न अझै ४÷५ महिना लाग्ने उल्लेख गर्दै त्यति बनुञ्जेल आफूहरूले खर्च धान्न नसक्ने बताए।‘२९ गते राष्ट्रपतिको निर्वाचन छ, भोट हाल्न काठमाडौं जान र अन्य खर्च टार्न भन्दै पेश्की दिइएको हो,’ थापाले भने, ‘ऐन बनाउने भन्दाभन्दै चाररपाँच महिना लाग्ला । त्यतिबेलासम्म हामीले कसरी खर्च टार्ने? भोलि ऐनअनुसारको सेवा सुविधाबाट काट्ने गरी पेश्की लिनु गलत होइन ।’

जुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले सांसद भएको तीन महिना बढी भैसकेकाले राजधानीमा बस्दा आइपरेका थुप्रै समस्या रहेको बताए।‘सांसद भएर सुर्खेत आएको लामो समय भैसक्यो। होटल र  भाडामा बस्नेका आफ्नै  समस्या छन्,’ श्रेष्ठले भने, ‘समस्या बुझेरै संसद सचिवालयले पेश्की दिएको हो ।’आफूले पेश्की रकम नबुझे पनि राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा काठमाडौं जान पेश्की अनिवार्य भएको उनले बताए ।

प्रदेश सभा सचिवालयका सचिव राजेश पौडेलले सांसदहरूले सपथ लिएको दिनदेखि नै उनीहरुले सेवासुविधा पाउने भएकाले  तत्काल गर्जो टार्न पेश्की दिइएको बताए । ‘प्रदेशका दसै जिल्लाका सांसद  २ महिनादेखि  वीरेन्द्रनगरमा  बस्नुभएको छ । उहाँहरूलाई आर्थिक समस्या भैसकेको छ,’ सचिव पौडेलले भने, ‘ऐन बन्न दुई महिना जति लाग्ने भएकाले खर्च टार्न पेश्की दिइएको हो ।’प्रदेश सरकारले सेवासुविधा तोकेपछि काट्ने गरी पेश्की दिइएको पौडेलले जानकारी दिए ।

मैले पेश्की लिएको छैनः शाही

मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले आफूले नलिएको भए पनि पेश्की लिएको भनेर सञ्चारमाध्यममा आएका समाचारले आफ्नो चरित्र हत्या भएको टिप्पणी गरेका छन् । उनले केही दिनअघि राजीनामा दिएका थिए ।

पछि केन्द्रको निर्देशनअनुसार राजीनामा फिर्ता लिएका शाहीले संसद् सचिवालयबाट कुनै पनि सेवा सुविधा नलिएको बताए । सेवासुविधासम्बन्धी ऐन नबन्दै पेश्की लिनु विधिसम्वत् नभएको उनको भनाइ छ ।‘विधि नबनाई झ्यालबाट चल्न खोजेर मुलुकको प्रगति हुँदैन, हरेक कुरामा पहिले विधि बनाएर त्यसअनुसार चल्नुपर्छ,’ शाहीले भने ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य