2026-09-15 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चमेलियामा स्थानियले तीनदिनदेखी गरेको अनशन १२ बुद्धे सहमति गर्दै स्थगित

लोकेन्द्र प्रशाद जोशी | फागुन १९, दार्चुला | दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलका स्थानीयले चमेलिया जलविद्युत् आयोजनाले आफ्ना माग पूरा नगरेको भन्दै बिहीबारदेखि थालेको अनशन आयोजनासंग १२ बुदे सहमति गर्दै शनिबार स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम सहितको उपस्थितिमा आयोजना र स्थानीय बीच शनिबार भएको छलफलपछि अनशन स्थगित भएको हो ।

११ वर्षअघि बनाउन थालिएको चमेलिया जलविद्युत् आयोजनाको नियमित विद्युत् उत्पादन सुरु भए पनि माग पूरा नभएको भन्दै स्थानीयले आमरण अनशन थालेका थिए । उनीहरूले गत ११ फागुनमा आयोजनासमक्ष आयोजनाका कारण पानीको मुहान सुकेको भन्दै स्थायी समाधान गर्नुपर्ने, सिँचाइको व्यवस्था गरिदिनुपर्ने, रोजगारीको व्यवस्था गर्नुपर्नेसहित नौबुँदे माग पेस गरेका थिए । जसअनुसार स्थानीयले पहिलो प्राथमिकताका साथ उठाएको खानेपानी समस्या समाधानको लागि सात दिन भित्र प्रक्रिया थालनी गर्ने आयोजनासंग सहमति भएको छ । स्थानीयको खानेपानीको स्थायी समाधानको लागि सात दिन भित्र ठेक्का प्रक्रिया शुरु गर्ने तथा कामको शुरुवात आयोजना र सम्बन्धीत उपभोक्ता समितिको सहमितिमा अघि बढ्ने सहमति भएको संघर्ष समितिका सचिव सुरेन्द्र बहादुर तितराले जानकारी दिनुभयो ।

यसैगरी बारिलको सडक निर्माण कार्य शुरु गर्ने, विटुलेसम्मको मोटर बाटो निर्माणका लागि सर्भे कार्य अघि बढाउने, तथा उक्त क्षेत्रमा पर्ने संरचनाहरुको क्षतिपूर्ति तथा बालीनाली र बोट विरुवा फलफुलको क्षतिपूर्ति दिने सहमति भएको छ । यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखर र प्रभावित क्षेत्रमा २०७५ असार मसान्तसम्म विद्युतीकरणको कार्य सक्ने सहमति भएको छ ।

आयोजना प्रभावित क्षेत्रका उपभोक्ता र आयोजनाबीच समय समयमा भएका सम्झौता कार्यान्वयनको लागि आयोजना प्रमुखको अध्क्षतामा वडा नम्बर १ का जनप्रतिनिधि, रानीतिक दलसहितको समितिले फाल्गुन भित्र समिति गठन गरी पूर्व सम्झौता तथा आयोजना निर्माणका क्रममा भएको संरचनाको अध्ययन गरी एक महिना भित्र काम सुचारु गर्ने सहमति भएको छ । बारिलको आधारभूत विद्यालयको ४ कोठे भवन छ महिना भित्र आयोजनाद्धारा निर्माण कार्य सम्पन्न गर्नका लागि नेपाल विद्युत प्राधिकरणलाई पठाउने सहमति भएको छ ।

यसैगरी दार्चुला र बैतडी जिल्लालाई एक महिना भित्र लोडसेडिङ मुक्त क्षेत्र घोषणा गर्ने सहमति भएको सचिव तितराले बताउनुभयो । आयोजना प्रभावित क्षत्रमा नदी कटान गरेको जमिनको संरक्षण गर्न आयोजनाले तारजालीको व्यवस्था गर्ने तथा बाधस्थदेखि टेलरेसम्म १० प्रतिशत पानी छाड्ने व्यवस्था मिलाइनेछ । आयोजनालाई आवश्यक पर्ने जनशक्ति नियुक्त गर्दा प्रभावित क्षेत्रका नागरिकलाई प्राथमिकता दिइने छ । यस्तै आयोजनाको प्रभावित क्षेत्रका नागरिकलाई निशुल्क विद्युत उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण सँग पत्रचार गर्ने सहमति भएको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का अध्यक्ष भरत बहादुर खडायतले जानकारी दिनुभयो ।

यसैगरी प्रभावित क्षेत्रमा वातावरण सुधारका लागि आयोजनाबाट ५० हजार फलफुल तथा अन्य प्रकारका बोटहरु जेठ महिना भित्र उपलब्ध गराउने सहमति गरिएको छ । स्थानियले उठाएका प्रमुख मागहरु पुरागर्न आयोजनाले सहमति जनाएपछि खानेपानी मूल संघर्ष समिति बारिलका अध्यक्ष शंकर खडायत, सचिव सुरेन्द्रबहादुर तितरा र सल्लाहकार समिति सदस्य प्रमानन्द तितराले शुरु गरेको अनशन पनि स्थगित गरेका छन् । गत २७ माघमा चमेलियाको औपचारिक उद्घाटन भएपनि प्रभावित क्षेत्रका नागरिकको समस्या समाधानमा आयोजना सकारात्मक नभएको भन्दै तीन दिन देखि उनीहरुले अनशन थालेका थिए ।

सहमति पत्रमा आयोजनाको तर्फबाट उपप्रबन्धक पुष्पराज जोशी, बरिष्ठ सहायक लालबहादुर शाही र सुपरभाइजर तेजबहादुर वमले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ