८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत बिजयी

२२ फाल्गुन २०७४, मंगलवार १६:४५

फागुन २२, सुर्खेत | कर्णाली प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत विजयी भएका छन् । मंगलबार भएका खेलमा रुकुमले सल्यान र सुर्खेतले जुम्लालाई पराजित गरेको हो । मंगलबार भएको खेलमा जुम्लालाई २२ रनले पराजित गर्दै सुर्खेतले आफ्नो विजयी यात्रालाई कायम राखेको हो । उसले प्रतियोगितामा सबैभन्दा बढी ६ अंक जोडेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा ७ विकेट गुमाएर एक सय ७७ रन बनायो। उसका लागि रविन्द्रजंग शाहीले ४७ र टेक सलामीले ३८ रनको योगदान गरे। बलिङतर्फ जुम्लाका मनोज भारतीले ४ विकेट लिए ।एक सय ७८ रनको लक्ष्य पछ्याएको जुम्लाले पुरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा एक सय ५५ रन मात्रै बनाउन सक्यो। जुम्लाका सुवर्ण शाहीले ३७ र जितेन्द्र शाहीले ३२ रन बनाए। ४७ रन बनाउनुका साथै दुई विकेट लिन सफल रविन्द्रजंग शाही खेलको म्यान अफ दि म्याच बने ।

त्यसैगरी मंगलवार नै भएको दोस्रो खेलमा रुकुमले सल्यानलाई पराजित गरि लिगको दोस्रो स्थानमा उक्लिएको छ । सल्यानलाई ९ विकेटले पराजित गर्दै रुकुमले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले ११ दशमलव ३ ओभरमा ३३ रन मात्रमा अलआउट भयो। सल्यानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । रुकुमका विवश गिरीले ४ तथा विजय विष्ट र दिनेश पुनले समान ३ विकेट लिएपछि सल्यान ३३ रनमै समेटिएको हो।

३४ रनको सामान्य लक्ष्य रुकुमले ७ ओभरमा १ विकेट गुमाएर भेट्यो। उक्त खेलमा सल्यानका दिवस गिरी म्यान अफ दि म्याच भए ।प्रतियोगिता अन्तर्गत बुधवार (आज) तीन वटा खेल सञ्चालन हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए। उनका अनुसार पहिलो खेलमा दैलेख र सल्यान, दोस्रो खेलमा जुम्ला र रुकुम तथा तेस्रो खेलमा सुर्खेत र जाजरकोटले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता