2026-09-15 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा ‘तिर्खाकी पानी’

प्रकाश बम | चैत ४, डोटी  | सुगम संगीत क्षेत्रमा झन्डै तिन दशकदेखि काम गरिहेका दिवाकर शर्माले नयाँ एल्बम ‘तिर्खाकी पानी’ का गीतहरु डोटीमा पनि सार्वजनिक गरेका छन् । आईतबार नेपाल पत्रकार महासंघ डोटी शाखाको सभाकक्षमा डोटीमा क्रियाशिल पत्रकारहरुका बीचमा एल्बमका गीतका बारेमा जानकारी गराएका हुन् ।

बरिष्ठ संगीतकार बुलु मुकारुङको उपस्थितिमा जिल्लामा क्रियासिल पत्रकारहरुका बीचमा गायक शर्माले प्रत्यक्ष गाएर सार्बजनिक गर्नुभएको हो । सार्वजनिक कार्यक्रममा बरिष्ठ संगीतकार मुकारुङले गायक शर्माले तिर्खाकी पानी एल्बम मार्फत नेपाली सुगम संगीतको समकालीन र मौलिक धार नछाडेको बताउनुभयो । अहिलेको अबस्थामा पनि गायक शर्माको गायकीमा भक्तराज आचार्यको झल्को पाईने बताउदै जीवन्त र सदाबहार शैली प्रस्तुत भएको बताउनुभयो । यद्यपि, आचार्यको प्रतिछाया भने नभएको बताउनु भयो ।

२०५४ सालदेखि रेडियो नेपालमा कार्यरत गायक शर्माले आफूले एल्बममा सकेसम्म नेपाली सुगम संगीतका क्षेत्रमा गीत बिकाउभन्दा टिकाउलाई अँगाल्दै अगाढी बढेको बताउनुभयो । संखुवासभा चैनपुर घर भएका गाएक शर्माले स्वदेशगान, आधुनिक, भजन लगायतका पाँच दर्जन गीत गाई सकेका छन् । ‘तिर्खाकी पानी’ एल्वम एक वर्ष लगाएर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन काठमाडौँमा एक कार्यक्रमका बीच बिमोचन गरेको शर्माले बताउनु भयो । उक्त एल्बममा ‘तिर्खाकी पानी……’ ‘रुदै काखमा…. ’ ‘मैले बसाई सरेपछि……’ ‘उसको नजरमा… ’ र ‘अब मायाको कुरा…’ गीतहरु रहेका छन् । यी गीतहरुमा  शर्माको एकल स्वर रहेको छ । 

एल्बममा राष्ट्रकवि माधब घिमिरे, गीतकार तथा कविहरु डा. नवराज लम्साल, सुवासचन्द्र ढुंगेल र गोविन्द कुईकेलद्वारा रचित गीतहरु रहेका छन् । जसमा बुलु मुकारुङ, शक्ति बल्लभ र राजु सिँहले संगीत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ