२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख: किसानको बारी जोत्न पुगे गाउँपालिका अध्यक्ष

२०७४, ६ चैत्र मंगलवार २०:४५

चैत ७, सुर्खेत । तपाईंले चुनावका बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू जनताको बारीमै गएर हलो जोत्ने र फकाउने गरेको दृश्य त देख्नुभएकै होला । चुनावका बेला हलो जोत्ने, धान काट्ने, दाईं हाल्ने नेताहरू अहिले त शहरतिरै छन् । तर दैलेखको गुराँश गाउँ पालिकाका अध्यक्ष खेमराज वली भने किसानको खेत जोत्न लागिपरेका छन् । गुराँस गाउँपालिका वडा नं ४ का किसान धनबहादुर हिरोजकको बारी अध्यक्ष वललीले सोमबार जोतेका हुन् ।

‘आफूले अर्गानिक कृषि उत्पादन बढाउन विभिन्न योजना बनाइरहेको हुँदा खेतीतर्फ किसानलाई आकर्षित गराउन खेत जोत्न गएको हुँ,’ उनले भने, ‘म आफैँ किसानको छोरो पनि भएकाले खेती गरी समृद्ध गाँउपालिका बनाउन आव्हन गर्ने योजना मुताबिक दलित समुदायका हिरोजकको बारीमा पुगेको थिएँ ।’चुनावताका मात्रै सस्तो लोकप्रियताका लागि खेतमा गई फोटो खिचाउनेतर्फ भन्दा पनि अब चुनाव जितिसकेपछि  पनि जनतासँग हातेमालो गर्न सके देश बनाउन सकिने उनको भनाइ छ ।

यता, कृषक हिरोजक गाँउपालिकाका अध्यक्ष नै आफ्नो बारी जोत्न आएपछि दंग परेका छन् । ‘अरु जनप्रतिनिधि हातमा माटो लाग्छ कि भनेर जोत्न नगएका बेला उहाँ आएर मेरो बारी जोत्नुभयो,’ उनले भने, ‘कृषि पेशालाई सम्मान गर्ने अध्यक्ष पाएका रहेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ