२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चारवर्षदेखि बाढि पीडितलाई सहयोग नहुँदा बाह्रैमास विपतको त्रासमा बस्दै स्थानीय

२०७४, १४ चैत्र बुधबार ०३:३३

लोकेन्द्र प्रशाद जोशी | चैत १४, दार्चुला । मालिकार्जुन गाउँपालिका ६ भोल्यानीकी लिला लुहारले घरभित्र बस्न छोडेको ४ वर्ष पुग्यो । अहिले पनि यिनको परिवार घरभित्र निर्धक्क बस्न सकिरहेको छैन । २०७० सालमा महाकाली नदीमा आएको बाढीले यहाँको जमिनमा दरार पर्नुका साथै घर चर्केका छन ।  डेढ दर्जनभन्दा बढी घरपरिवार रहेको उक्त ठाउँका स्थानीयहरु विगत ४ वर्षदेखि बाढीको त्रासमै बसिरहेका छन । बाढीले घरको आँगन भत्केको र घर चर्केपछि घरभित्र बस्न छोडेको उहाँको भनाइ छ ।

बाढी आएको वर्ष आँगनको डिल लग्यो । दोस्रो वर्ष आँगनको आधा भाग र यो वर्ष बर्खामा आगन पुरै भत्केको छ । आफ्नो घर छोडेदेखि आफन्तको घरमा बस्दै आएको र गत वर्ष उक्त घर पनि चर्किन थालेपछि बाहिरै बसिरहेका छौं । बर्खाबाहेकको समयमा यही पालमुनि बसिरहेका छौं । वर्षातमा महाकालीमा पानीको सतह बढ्नेबित्तिकै ओछ्यान, लुगाफाटो, गुन्टा कस्नुपर्ने अवस्था छ । पालभित्र बस्न पनि डराउनुपर्छ ।


घर खेत पुरै बाढी आएदेखि चर्केर दरार परेको छ । यहाँको समस्या अवलोकन गर्न धेरै सरकारीरगैरसरकारी अधिकारीहरु आए पनि आफूहरुले ४ वर्षदेखि बाढी, पहिरो र खानेपानीको साह्रै समस्या भोग्दै आएको पुष्पादेवी टमटाले बताउनुभयो ।

बाढीपछि यहाँका मुहानको पानी सुकेको हुनाले हिउँद र सुक्खायाममा खानेपानीको चर्को समस्या भोग्नुपरेको भोल्यानीवासीको गुनासो छ । गाईभैंसी र सरसफाइ गर्न महाकाली नदी र खोलाबाट पानी बोकेर पूर्ति गरिरहेको र मानिसलाई भने खानेपानीको ठूलै समस्या रहेको स्थानीय नरिराम टमटाले बताउनुभयो । अहिले नदी छेउँका समुदायलाइ लक्ष्यित गरी जनचेतनामुलक र भैतिक पुर्बाधारका योजनाहरु निमार्ण गर्ने गरी टोसा परियोजना लागु भएको छ ।

स्विजरल्यान्ड सरकारको सहयोगमा दार्चुलाको महाकाली नदीसंग जोडिएका महाकाली नगरपालीका, ब्यास गाउँपालीका, दुहु गाउँपालीका, मालीकार्जुन गाउँपालीका र लेकम गाउँपालीका गरी ५ ओटा गाउँपालीकामा यो कार्यक्रम सञ्चालन भइरहेको हो । यो कार्यक्रमले यस्ता समस्यामा परेका र वास्तबिक पिडितहरुका समस्या समाधान गर्नतर्फ ध्यान दिनु आबश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा