Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चुरोट खाँदै गर्दा तन्नामा आगो सल्किँएर जलेर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत १६, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो ।&nbsp;</p><p>चौधरीको मुख र छाती जलेर अवस्था गम्भीर भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुर्यायौँ, उहाँले भन्नुभयो, “उपचारकै क्रममा राति १२ बजेको समयमा उनको मृत्यु भएको छ ।” प्रहरीका अनुसार छोरा बुहारी लामो समयदेखि घरमा नहुँदा चौधरी एक्लै बस्दै आएका थिए । रासस&nbsp;</p>