2026-10-14 08:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकी आयोजना: मन्त्री पुनले भने ‘अब कुनै पनि द्विविधा बाँकी रहँदैन’

चैत १६, काठमाडौँ | सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । 

आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले मुआब्जा रकम पाउन सकेका छैनन् । 

मुआब्जा वितरणका लागि सरकारले स्थानीय तहमार्फत काम गर्ने तयारी गरेको छ । स्थानीयवासीलाई नै विश्वासमा लिएर आयोजना निर्माण गर्ने जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोकिएको मुआब्जा वितरण प्रक्रिया अगाडि बढ्ने र मुआब्जा निर्धारण गर्न बाँकी रहेका स्थानमा पनि छिट्टै निर्धारण हुने जानकारी दिनुभयो । 

बूढीगण्डकी आयोजना सरोकार समितिले आज मन्त्री पुनलाई मुआब्जा वितरण प्रक्रियामा देखिएको समस्या समाधानका लागि आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको थियो । सो अवसरमा मन्त्री पुनले स्थानीयवासीलाई नै खुशी बनाएर राष्ट्रिय गौरवको आयोजना अगाडि बढाइने सोचमा सरकार रहेको र छिट्टै आवश्यक निर्णय लिइने बताउनुभयो । मन्त्री पुनले भन्नुभयो, “राज्यले सम्पत्ति लिएपछि घर घर पुगेर मुआब्जा दिनुपर्ने हो । तपाईँहरु यसरी धाउनैपर्ने थिएन । सरकारलाई सहयोग गर्नुस् । मुआब्जा निर्धारण नभएको ठाउँमा निर्धारण गर्न सरकार लाग्छ । अब आयोजनाका सम्बन्धमा कुनै पनि द्विविधा बाँकी रहँदैन ।” 

स्थानीय जनताको लाभका लागि पनि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु गर्नैपर्ने बताउँदै उहाँले स्थानीयवासी र सबै नेपालीले लाभ पाउने गरी सरकारले आयोजनाको ढाँचा तयार पार्ने जानकारी दिनुभयो । पूवर्तवर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले सो आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो । करीव रु एक खर्ब सरकारले अनुदान दिएमा आयोजना लगानीयोग्य हुने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको थियो । 

आयोजना सरोकार समितिका संयोजक हरेराम ढकालले मुआब्जाका कारण स्थानीय जनता लामो समयदेखि समस्यामा पर्दै आएको विषयमा मन्त्री पुनलाई जानकारी गराइएको बताउनुभयो । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा बूढीगण्डकीलाई राखे पनि काम भने प्रभावकारी हुन नसकेकामा स्थानीयवासी प्रभावितले आक्रोश व्यक्त गर्दै आएका छन् । धादिङको खहरे बजार र गोरखा आरुघाट बजारको हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन । 

आयोजना प्रभावितलाई रु ६३ अर्ब मुआब्जावापत वितरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ । आर्थिक वर्ष २०७३÷७४ मा रु पाँच अर्ब मुआब्जा वितरण गरिएको थियो । आयोजनाबाट धादिङ र गोरखाका साविकका २७ गाविस प्रभावित हुनेछन् । आयोजना निर्माणका लागि सरकारले पूर्वाधार करमार्फत हालसम्म रु १५ अर्ब जुटाइसकेको छ । पेट्रोलियम पदार्थ आयात गर्दा भन्सारविन्दुमा नै प्रतिलिटर रु पाँच पूर्वाधार कर लगाइएको छ । 

ऊर्जा क्षेत्रमा सहकार्य 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमका नेपाल प्रमुख रेहान रसिदबीच आज ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जा क्षेत्रमा गरिने सहकार्यका विषयमा छलफल भयो । मन्त्री पुनले माथिल्लो त्रिशूली १मा निगमले गरिरहेको सहयोगबारे आफू जानकार भएको बताउँदै आगामी दिनमा समेत ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । 

उहाँले वर्तमान सरकारको १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ भन्दै त्यसका लागि लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो । मन्त्री पुनले बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँग छलफल भइरहेको छ भन्दै त्यसको निर्माणपछि ऊर्जा क्षेत्रमा दक्षिण एशियाली क्षेत्रीय तहको सहकार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

भेटमा निगमका नेपाल प्रमुख रसिदले ऊर्जा क्षेत्र निगमको प्राथमिकतामा छ भन्दै आगामी दिनमा नेपालको निजी क्षेत्रसँग पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको ऊर्जा मन्त्रालयको सचिवालयले जनाएको छ । रास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने