2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी प्रिमियर लिग: टिम चौराह तीन विकेटले विजयी

धनगढी, १९ चैत | धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । 

आज भएको खेलमा टिम चौराहले सिवाइसी अत्तरियालाई तीन विकेटले पराजित गरेको हो । 

टिम चौराहले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको अत्तरियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १५० रन बनायो । एक सय ५१ रनको विजयी लक्ष्यलाई टिम चौराहले १९ दशमलव २ ओभरमा सात विकेटको क्षतिमा पूरा ग¥यो । 

टिम चौराहका लागि कप्तान सोमपाल कामीले अविजित ३९ रन बनाए । उनले १५ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । रोहान मुस्तफाले ४० रन बनाए । उनले ४२ बलमा एक छक्का र तीन चौका हाने । राजेश पुलामी मगरले २१ रन बनाए । 

बलिङतर्फ अत्तरियाका शुभंकर उराव र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए । 

यसअघि ब्याटिङ गरेको सिवाइसी अत्तरियाका लागि प्रेम तामाङले २८ रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । विपिन चन्द्रले अविजित २८, कुशल भुर्तेलले २५, कप्तान दीपेन्द्रसिंह ऐरीले १९, कृष्ण कार्कीले १४, सुवास खकुरेल र गौरव चितकाराले समान १३÷१३ रन बनाए । 

बलिङतर्फ टिम चौराहका ललितसिंह भण्डारीले तीन, रोहान मुस्तफाले दुई तथा सम्साद शेख र सोमपाल कामीले एक÷एक विकेट लिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ