पढ्न करिब 3 मिनेट लाग्छ
सम्राट सिंह | चैत ११, बझाङ | जिल्लाको आम्दानीको मुख्य स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा सङकलन गर्न संङकलकहरु लेकतिर जान शुरु गरेका छन । सर्धै झै यसबर्ष पनि यार्साको सिजन नजिकै आउँन थालेपछि बझाङका यार्सा संङलकहरु पनि यार्सा संङकलन गर्न लेकतिर जान शुरु गरेका हुन ।
जिल्लाको उच्च हिमाली भेगतिर पाइने यार्सागुम्बा संङकलन गर्न स्कूल पढ्ने स—साना बालबालिका देखि बृद्घहरु समेत लेकतिर जाने गर्दछन । प्रत्येक बर्ष यार्सा संङकलकहरु चैत्र महिनाको अन्तिमतिर यार्सा संङकलन गर्न गएर असार महिनामा घर फर्किने गरेको यार्सा संङकलक लाल बहादुर बोहराले बताए । उनले भने एक सिजनमा यार्सा संङकलन गरेर एक परिवारले झण्डै ७ देखि १० लाख सम्म आम्दानी गर्ने गरेका छन ।


यार्सा नै आम्दानीको मुख्य स्रोत भएकाले ग्रामिण भेगका विद्यालय पढ्ने विद्यार्थीहरु पनि यार्सा सङकलन गर्न लेकतिर जाने भएकाले धेरैजसो विद्यालयहरु ३ महिना सम्म बन्द हुने गरेका छन ।
यार्सा संङकलन गर्ने स्थानमा रासन तथा अन्य दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न भेडा तथा खच्चड बाहेक अन्य कुनै विकल्प नभएकाले यार्सा संङकलन गर्न भेडा र खच्चडमा रासन लिएर जान थालेको साइपाल गाउँपालिकाका दिपक बोहराले बताए ।
बझाङमा बर्षेनी यार्सा उत्पादनमा कमी


गतवर्ष ३ क्विन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ । पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका कर्मचारीहरुको भनाइ छ । यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०।१२ लाख र यो वर्ष १६ लाखमा खरिद भई रहेको छ । काठमाण्डौका व्यापारी आएर खरिद गर्ने यार्सा उनिहरुले विदेशीहरु संग कतिमा विक्री गरेर कती फाईदा खान्छन् यो कुरा भने यहाँका संकलकहरु अनविज्ञ छन् ।
सिजनमा यार्सावाट बझाङ जिल्लामा राजश्व बाहेक ५० करोडजती आम्दानी हुने गर्दछ । यो रकम सवै यहाँका संकलकहरु कमाउन्छन् । जिल्लाका उत्तरीभेगका वासिन्दाहरुको मुख्य आम्दानीको सा्रेत मानियको यार्सागुम्वा उत्पादनमा कमी आएपनि यसको संरक्षणको लागी राज्य र स्थानिय तहवाट कुनै पहल नभएको सुर्मा गाविसका दान बहादुर सुर्मेलीले वताए । उनले भने दामासाही रुपमा संकलन हुन्छ कसरी कहिले संकलन गर्ने संकलनका आफ्नै अनुभव हुदाँ पनि समस्या आएको छ । यार्सा उत्पादन हुने स्थानमा हजारौ मानीसहरुको आवतजावत , प्लाष्टिक , सिकाका बोत्तल जुत्ता चप्पल काम नलाग्ने कपडाहरु जथाभावी फाल्नेगर्दा साथै हिमपात पनि कमहुने भएकाले यार्सा उत्पादनमा ह्रास आएको साइपाल गाउँपालिकाका सुरेन्द्र बोहराले बताए ।
हवाईजहाजमार्फत हुन्छ करोडको यार्सा ढुवानी


जिल्ला तथा जिल्ला बाहिरका यार्सा व्यापारीहरु मिलेर बझाङ एयरपोर्टबाट नेपालगञ्ज हुँदै काठमाडौ लिने गरेको यार्सा व्यापारीहरुले बताएका छन ।
सडकमार्ग द्घारा यार्सागुम्बा ओसार्दा लुटपाट हुने खतराले हवाइमार्फत यार्सा ढुवानी गर्नु परेको उनीहरु बताउँछन ।













