पढ्न करिब 1 मिनेट लाग्छ
त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।
हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ । नाबालकको हत्यापछि फरार रहेका विकको प्रहरीले खोजी गरी हिजै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।
मृतक नाबालक हत्या आरोपी विकका दाजुका छोराछोरी भएको बताइएको छ । दाजुसँग पटकपटक झगडा गरिरहने हत्या आरोपी विकले केही दिन अघि समेत झगडा गरेको बताइएको छ । आरोपी विकले गाउँघरमा समेत झैझगडा गरिरहने गरेको छिमेकीले बताएका छन् । रासस
- फाइल फोटो