धनगढीले महेन्द्रनगर युनाइटे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

धनगढीले महेन्द्रनगर युनाइटे"/>

2026-06-27 02:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी प्रिमियर लिग: टिम चौराह धनगढी विजयी

2018-04-03

चैत २०, धनगढी | रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । 


धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो ।

 महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ । संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १३१ रन बनायो । धनगढीले एक सय ३२ रनको विजयी लक्ष्य १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । 


धनगढीका लागि सुनिल धमलाले अविजित ४६ रन बनाए । उनले ४७ बलमा दुई छक्का र चीन चौका हाने । रोहन मुस्तफाले ३० बल खेल्दै ३९ रन बनाए । उनले तीन छक्का र एक चौका प्रहार गरे । यस्तै अस्फाक अहमदले २४ बलमा ६ चौकासहित ३० तथा सोनु तमाङले अविजित रहँदै १५ रन बनाए । 

बलिङतर्फ महेन्द्रनगरका पुनित मेहरा र अविनाश कर्णले एक एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै महेन्द्रनगरका पुनितले ४० तथा भुवन कार्कीले ३२ रन बनाए । पुनीतले २२ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।

 भुवनले ४० बलमा एक छक्का र दुई चौका हाने । यस्तै पुनित विष्टले २४ तथा कप्तान विनोद भण्डारीले ११ रन बनाए । 

बलिङतर्फ धनगढीका लागि ‘प्लेयर अफ द म्याच’ ललितसिंह भण्डारीले चार विकेट लिए । उनले चार ओभरमा ३७ रन दिए । कप्तान सोमपाल कामी र शम्शेद शेखले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट