2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढी प्रिमियर लिग: विराटनगर किंग्सद्वारा रुपन्देही ४२ रनले पराजित

विक्रम गिरी/चैत २१, धनगढी | रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । 

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले सात विकेट गुमाउँदै मात्र १३९ रन बनायो । 

यसअघि ब्याटिङ गर्दै विराटनगरका लागि बाबर हयातले ५८ रन बनाए । उनले ३५ बलमा चार छक्का र चार चौका प्रहार गरे । ओपनरद्वय दिलीप नाथले ४३ तथा अनिलकुमार साहले ३६ रनको योगदान दिए । नाथले ३७ बलमा एक छक्का र ६ चौका तथा साहले २५ बल खेल्दै तीन छक्का र तीन चौका प्रहार गरे । कप्तान पारस खड्काले २२ तथा सौरभ खड्काले अविजित १७ रन बनाए । खड्काले १२ बल खेल्दै एक छक्का र तीन चौका हाने ।

बलिङतर्फ रुपन्देहीका सुफियान महमुदले दुई तथा जितेन्द्र मुखिया र सागर पुनले एक÷एक विकेट लिए । 

जवाफी ब्याटिङका क्रममा रुपन्देहीका लागि प्रदीप ऐरीले ५४ रन बनाए । उनले ५० बलमा दुई छक्का र चार चौका प्रहार गरें । दीपक प्रसादले १७ बल खेल्दै एक छक्का र दुई चौकासहित २२ रन बनाए । सुशन भारीले अविजित रहँदै दुई छक्का र एक चौकासहित २१ तथा कप्तान शक्ति गौचनले अविजित १४ रन बनाए । 

बलिङतर्फ विराटनगर किंग्सका शुभम कामतले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १८ रन खर्चे । रामनरेश गिरीले दुई तथा कप्तान पारस खड्काले एक विकेट लिए । प्लेयर अफ द म्याच विराटनगर किंग्सका बाबर हयात भए । उनले रु १० हजार पुरस्कार पाए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ