२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

डिपिएल: खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

२०७४, २५ चैत्र आईतवार ०८:०१

चैत २५, धनगढी | रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । 

बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिनुभयो । खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । काठमाडौँको नौ अंक भएको छ । काठमाडौँ लिगको पहिलो स्थानमा छ । महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ । 

शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो । दुवैले एक एक अंक बाँडेका थिए । काठमाडौँ र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् । 

अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ । विजेता टोली प्ले अफमा पुग्नेछ । बिहानभन्दा अहिले मौसममा सुधार आएको छ । मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल आठ ओभरमा सीमित गरिएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा