2026-07-05 10:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

श्वेतपत्र मार्फत प्रदेश नं ७ को अवस्था सार्वजनिक

2018-04-10

चैत २७ धनगढी | प्रदेश नं ७ को सरकारले भारत चीनसँग जोडिएका भन्सार नाकाको स्तरोन्नति गर्दै सहज एवं सरल रुपमा व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यसहितको श्वेतपत्र जारी गरेको छ । 

आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जारी गर्नुभएको श्वेतपत्रको आगामी कार्यदिशामा प्रदेशमा आधुनिक अस्पताल र मेडिकल कलेजको स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र सञ्चालन गर्न विशेष योजना कार्यान्वयन गरिने उल्लेख छ । 

यस्तै राष्ट्रिय गौरवका आयोजनाको निर्माणलाई तीव्रता दिन पहल गर्ने, प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने, प्रदेशको उच्च आर्थिक वृद्धिदर हासिल गर्न दिगो विकास कायम गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आवधिक योजनाको तर्जुमा गर्ने लगायतका विषयलाई पनि महत्व दिइएको छ । 

श्वेतपत्रमा प्रदेश नं ७ को मानव विकास सूचकाङ्क शून्य दशमलब ४३५ रहेकोमा बाजुराको मानव विकास सूचकाङ्क सबैभन्दा न्यून शून्य दशमलव ३६४ तथा कञ्चनपुरको सबैभन्दा बढी शून्य दशमलव ४७५ रहेको श्वेतपत्रमा उल्लेख छ । 

नेपालको कूल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको छ दशमलब ३७ प्रतिशत योगदान रहेको, बहुआयामिक गरीब सूचकतर्फ प्रदेशको बहुआयामिक गरिबी सूचक शून्य दशमलव १४६ रहेको छ भने गरिबीको रेखामुनी रहेको जनसंख्या ३३ दशमलव ५६ प्रतिशत रहेको छ । 

श्वेतपत्रमा प्रदेश नं ७ मा रहेका निकायमा गत आवमा कूल रु ५१ अर्ब ५४ करोड २४ लाख सार्वजनिक खर्च भएकोमा चालु आवको दोस्रो चौमासिकसम्म कूल रु ३२ अर्ब ५३ करोड १६ लाख खर्च भएको उल्लेख छ । प्रदेशका सार्वजनिक निकायबाट अघिल्लो आवमा कूल रु आठ अर्ब ६६ करोड ६० लाख राजश्व संकलन भएकोमा चालु आवको दोस्रो चौमासिकसम्म रु तीन अर्ब ७३ करोड ९९ लाख संकलन भएको छ । 

प्रदेश नं ७ मा १४२ वाणिज्य बैंक, ३२ विकास बैंक, दुईवटा वित्त कम्पनी, १३२ लघुवित्त विकास बैंक तथा वित्तीय संस्थाका शाखा स्थापना भइसकेका छन् । कृषि क्षेत्रमा मुख्य रुपमा आश्रित प्रदेश नं ७ का जनताको मुख्य रोजगारीको स्रोत ज्याला मजदुरी, कृषि श्रम तथा रोजगारी रहेको छ । 

प्रदेशका १४ दशमलव चार प्रतिशत सक्रिय जनसंख्याले मात्र कृषि क्षेत्रबाट आयआर्जन गर्दै आएको र बाँकीले निर्माण कार्य, उत्पादन कार्य, व्यापार तथा ढुवानीमार्फत आयआर्जन गर्दै आएको श्वेतपत्रमा उल्लेख छ । सन्ताउन्न बुँदे श्वेतपत्रमा विद्यालय भर्ना उमेर समूहका ९६ दशमलव ६ प्रतिशत विद्यार्थी प्राथमिक तहमा भर्ना भए तापनि त्यसपश्चात भने उनीहरु शिक्षाबाट टाढिएको देखिन्छ । 

प्रदेशका स्वास्थ्य संस्थाको अनुपात हेर्दा पाँच हजार ७८८ जजनसंख्या बराबर एउटा स्वास्थ्य संस्था रहेको छ । स्थापना भएका स्वास्थ्य संस्था शहर केन्द्रित हुँदा स्वास्थ्य संस्थाको पहँुचमा सबै नागरिक पुग्न सकेका छैनन् । नेपालमा नवजात शिशु मृत्युदर प्रतिहजारमा २१, शिशु मृत्युदर प्रतिहजारमा ३२ तथा पाँच वर्षमुिनको बाल मृत्युदर प्रतिहजार ३९ रहेको छ । 

प्रदेशका नागरिकको कृषि मुख्य पेशा रहे पनि कृषियोग्य भूमि र भूस्वामित्व भएका कृषकको संख्या घट्दो क्रममा छ । कूल तीन लाख ६९ हजार हेक्टर खेतीयोग्य भूमिमध्ये तीन लाख २२ हजार हेक्टरमा खेती हुँदै आएकोमा एक लाख ६६ हजार हेक्टर जमिन विभिन्न स्रोतबाट सिञ्चित छ भने १५ हजार ४७० हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । 

प्रदेश नं ७ मा कूल जनसंख्याको ३७ दशमलब ७ प्रतिशतले मात्र खाद्य सुरक्षा प्राप्त गरेकोमा तीन लाख ३४ हजार अर्थात् करीब १३ प्रतिशत जनतालाई अझै खाद्य सुरक्षाको सीमा भित्र समेट्नुपर्ने देखिएको श्वेतपत्रमा उल्लेख छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला गरी नौ जिल्ला रहेको प्रदेश नं ७ को क्षेत्रफल १९ हजार ५३९ वर्ग किमी रहेको छ । पूर्वमा कर्णाली प्रदेश र प्रदेश नं ५, उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत पर्ने यस प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै