2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

डिपिएल: महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

चैत २७ धनगढी | महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । 

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । 

सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ३० बनाएको थियो । एक सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिवाईसी अत्तरियाले चार विकेट गुमाएर एक सय १५ रन मात्र बनाउन सक्यो । 

महेन्द्रनगर युनाइटेडका लागि आरिफ शेखले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा पाँच चौका प्रहार गरे । पुनित मेहराले २९ बलमा एक छक्का र दुई चौकासहित २६ रन बनाए । करण केसीले अविजित रहँदै २४ रनको योगदान दिए । उनले १३ बलमा एक छक्का र तीन चौका हाने । 

आरिफ शेख र रोहितकुमार पौडेलले समान ११ रन बनाए । 

बलिङतर्फ सिवाईसी अत्तरियाका लागि कमलसिंह ऐरीले दुई तथा कृष्ण कार्की, शुभांकर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्रले एक÷एक विकेट लिए । 

कप्तान दीपेन्द्रसिंह ऐरी २७ रनमा रन आउट भएपछि अत्तरियाको पारी धरमराएको थियो । ऐरीले ३४ बल खेल्दै एक छक्का प्रहार गरे । सुवाश खकुरेलले सर्वाधिक ३० रन बनाए । उनले २५ बल खेल्दै एक छक्का र दुई चौका हाने । विपीन चन्द्रले अविजित २८ रन बनाए । उनले २९ बलमा एक छक्का प्रहार गरे । गौरव चित्काराले १४ बलमा १४ रनको योगदान दिए । 

बलिङतर्फ महेन्द्रनगर युनाइटेडका रवीन क्षेत्रीले चार ओभरमा १६ रन दिएर दुई 

विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । भुवन कार्कीले चार ओभर बलिङ गर्दै २० रन दिई एक विकेट लिए । 

महेन्द्रनगर युनाइटेडले बुधबार फाइनल प्रवेशका लागि काठमाडौँ गोल्डेन्ससँग प्रतिष्पर्धा गर्ने छ । आजै सम्पन्न टिम चौराह धनगढीसितको खेलमा काठमाडौँ गोल्डेन्स एक विकेटले पराजित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ