२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल २०१८ को सबैभन्दा फराकिलो लक्ष्य दिएको साहरुखको टिममाथि चेन्नईको सानदार जित

२०७४, २७ चैत्र मंगलवार १९:०१

चैत २८, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आजको खेलमा कोलकाता नाइटराइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपरकिंग्सले सानदार जित हाँसिल गरेको छ । 

खेलमा पहिले ब्याटिङ सम्हालेको कोलकाता नाइटराइडर्सले पुरा २० ओभरको खेलमा २०२ रन जोडेर चेन्नई सामु २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताले दिएको उक्त फराकिलो लक्ष्य चेन्नईले १९.५ ओभरको खेलमा पुरा गर्दै ५ विकेटले जित हात पार्यो । खेलमा रविन्द्र जडेजाले अन्तिम ओभरको १ बल नखेल्दै छक्का प्रहार गर्दै सानदार जित दिलाए ।


यस अघि २०२ रनको फराकिलो स्कोर बनाउने क्रममा कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले नट आउट सर्वाधिक ८८ रन जोडे । उनले ११ छक्का र १ चौका प्रहार गरेर कोलकातालाई बलियो अवस्थामा पुर्याएको थियो । त्यस्तै उसका लागि रोविन उत्थाप्पाले २९ रन, दिनेश कार्तिकले २६ र क्रिस लिनले २२ रन जोडे । 

कोलकाताले दिएको फराकिलो लक्ष्यलाई सुरुदेखिनै हावी हुँदै चेन्नईका साम विलिंसले ५६ रन जोडे, त्यस्तै सेन वाट्सनले १९ बलमै ४२ रन, अम्वती रायडूले ३९ रन र कप्तान महेन्द्र सिङ धोनीले २५ रन बनाए ।


निकै प्रतिष्पर्धामा ओपनर द्वय वाट्सन र रायडू तथा खेलमा जित अघिका पार्टनरहरु जडेजा र व्रावोले निकै उत्कृष्ट समापन गर्न सफल हुँदा कोलकाताको बलियो स्कोर चेन्नईले उल्ट्याउन सफल भयो । आजको रन स्कोर आइपीएल २०१८ अन्तर्गत हालसम्मकै फराकिलो स्कोर हो । खेलमा आफ्नो टिमले फराकिलो रन जोड्दा निकै उत्साहित बनेका बलिउड स्टार सारुख खान आफ्नो टिमलाई चेन्नईले हराउँदा निराश बनेका थिए । 

तश्विरमा: आफ्नो टिमले फराकिलो स्कोर जोड्दा सारुखको इशारा | 

तश्विरमा: जितका लागि आवश्यक रन पुरा गरेपछी चेन्नईका  जडेजा र व्रावो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ