८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल २०१८ को सबैभन्दा फराकिलो लक्ष्य दिएको साहरुखको टिममाथि चेन्नईको सानदार जित

२७ चैत्र २०७४, मंगलवार १९:०१

चैत २८, काठमाडौँ | आइपिएल क्रिकेट अन्तर्गत आजको खेलमा कोलकाता नाइटराइडर्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपरकिंग्सले सानदार जित हाँसिल गरेको छ । 

खेलमा पहिले ब्याटिङ सम्हालेको कोलकाता नाइटराइडर्सले पुरा २० ओभरको खेलमा २०२ रन जोडेर चेन्नई सामु २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताले दिएको उक्त फराकिलो लक्ष्य चेन्नईले १९.५ ओभरको खेलमा पुरा गर्दै ५ विकेटले जित हात पार्यो । खेलमा रविन्द्र जडेजाले अन्तिम ओभरको १ बल नखेल्दै छक्का प्रहार गर्दै सानदार जित दिलाए ।


यस अघि २०२ रनको फराकिलो स्कोर बनाउने क्रममा कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले नट आउट सर्वाधिक ८८ रन जोडे । उनले ११ छक्का र १ चौका प्रहार गरेर कोलकातालाई बलियो अवस्थामा पुर्याएको थियो । त्यस्तै उसका लागि रोविन उत्थाप्पाले २९ रन, दिनेश कार्तिकले २६ र क्रिस लिनले २२ रन जोडे । 

कोलकाताले दिएको फराकिलो लक्ष्यलाई सुरुदेखिनै हावी हुँदै चेन्नईका साम विलिंसले ५६ रन जोडे, त्यस्तै सेन वाट्सनले १९ बलमै ४२ रन, अम्वती रायडूले ३९ रन र कप्तान महेन्द्र सिङ धोनीले २५ रन बनाए ।


निकै प्रतिष्पर्धामा ओपनर द्वय वाट्सन र रायडू तथा खेलमा जित अघिका पार्टनरहरु जडेजा र व्रावोले निकै उत्कृष्ट समापन गर्न सफल हुँदा कोलकाताको बलियो स्कोर चेन्नईले उल्ट्याउन सफल भयो । आजको रन स्कोर आइपीएल २०१८ अन्तर्गत हालसम्मकै फराकिलो स्कोर हो । खेलमा आफ्नो टिमले फराकिलो रन जोड्दा निकै उत्साहित बनेका बलिउड स्टार सारुख खान आफ्नो टिमलाई चेन्नईले हराउँदा निराश बनेका थिए । 

तश्विरमा: आफ्नो टिमले फराकिलो स्कोर जोड्दा सारुखको इशारा | 

तश्विरमा: जितका लागि आवश्यक रन पुरा गरेपछी चेन्नईका  जडेजा र व्रावो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता