2026-09-14 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

युद्धका घाउमा मलहम लगाउन रोल्पाको थबाङ आर्थिक क्रान्तिमा होमिँदै

कविता उपाध्याय/चैत २८ लिबाङ, रोल्पा | सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । 

बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । 

थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक (सय हेक्टर क्षेत्रफल) स्थापना गरेपछि थबाङका कृषक उत्साहित बन्दै गएका छन् । परम्परागत कृषि प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि प्रणाली अपनाउन सके कृषकको जीवनस्तरमा सकारात्मक सुधार आउन सक्ने तथा युद्धका घाउमा मलहम लगाउन सकिने उनीहरुको धारणा छ । 

“विभिन्न राजनीतिक उतार चढाव आए पनि थबाङी जनताको वास्तविक जीवनस्तरमा तात्विक परिवर्तन नआएको हुँदा हामीले आर्थिक क्रान्ति शुरु गरेका छौँ,” थबाङ रोल्पाका अगुवा कृषक हितप्रसाद रोकाले भन्नुभयो । ४२ वर्षीय रोका थबाङमै आलु खेतीका क्षेत्रमा अगुवा कृषकको रुपमा चिनिनुहुन्छ । प 

परिवारको साथ र सहयोगका कारण आफूलाई कृषि क्षेत्रमा उल्लेखनीय सहयोग पुग्दै आएको उहाँले बताउनुभयो । 

परम्परागत कृषि प्रणालीबाट हालसम्म वार्षिक ५५ क्विन्टल आलु उत्पादन गर्दै आउनुभएको रोकाले त्यसबाट करीब रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आएको बताउनुभयो । 

उहाँका अनुसार समग्र थबाङी कृषकले हालसम्म परम्परागत कृषि खेती प्रणालीबाट औसतमा १५ देखि २० क्विन्टल आलु फलाउँदै आएका छन् । यसरी आलुखेती नै थबाङका अधिकांश कृषकको आयस्रोतको प्रमुख माध्यम बनेको छ । 

अबका दिनमा आधुनिक कृषि प्रणाली अपनाउन सके आलु खेतीबाट आत्मनिर्भर अर्थतन्त्रको विकास गरी बेरोजगारी समास्यासमेत समाधान हुँदै जाने देखिएको छ । यही कुरालाई मध्यनजर गर्दै आलुको सम्भाव्यता अध्ययन गरेर आफू यस क्षेत्रमा सक्रिय रहेको उहाँले बताउनुभयो । 

जिल्ला कृषि विकास कार्यालय रोल्पा र राष्ट्रिय आलु बाली विकास खुमलटार ललितपुरबाट उन्नत आलु खेती प्रविधिसम्बन्धी तालीम र अवलोकन भ्रमणको अवसर पाएपछि आफूलाई थप ऊर्जा मिलेको रोकाले बताउनुभयो । 

“थबाङ उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँका हावापानी कारण दुई बाली लिन सक्ने अवस्था देखिँदैन । जसका कारण हामीले मिश्रित बाली अपनाउँदै आएका छौँ,” उहाँले भन्नुभयो । 

रोकाका अनुसार सिमी, भटमास र आलु खेती एकै ठाउँमा गर्दा अर्गानिक कृषिमा रोग कीराको संक्रमण कम हुने, कोशेबालीले माटोको अवस्था या गुणस्तरमा सुधार ल्याउने भएको हुँदा यहाँका कृषकले मिश्रित खेती प्रणाली अपनाउँदै आएका छन् । 

थबाङ रोल्पाका स्थानीय युवा अमित घर्तीका अनुसार कृषकको एकोहोरो प्रयासले मात्र क्रान्ति सफल नहुने भएको हुँदा सबै क्षेत्रको साथ र सहयोगको खाँचो हुने बताउनुभयो । 

उहाँका अनुसार आलु ढुवानी तथा निर्यातका लागि विशेष पहल हुनुपर्ने देखिन्छ ।

 बर्सातका समयमा पनि निरन्तर मोटरबाटो सञ्चालन हुन सके आलु निर्यातमा सहज हुनेछ । यसका साथै स्थानीय स्तरमा आलुका विभिन्न परिकार बनाउनका लागि सीपमूलक तालीम सञ्चालन गर्नुपर्ने तथा स्थानीय स्तरमा लघु घरेलु उद्योग स्थापना गर्न जरुरी देखिन्छ । 

यस्तै थबाङ गाउँपालिका रोल्पाका कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले आलु ब्लक उत्पादनका लागि मिलीजुली कृषि सहकारी संस्था लिमिटेड थबाङ–१ रोल्पा छनोट भइससकेको जानकारी दिनुभयो । 

उहाँका अनुसार आलु खेती व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आलु ब्लक सञ्चालन समिति गठन भइसकेको छ । 

यस वर्ष कृषकले स्थानीय जातको आलुको बीउ रोपिसकिएकाले यस क्षेत्रमा विनियोजित रु १५ लाख भण्डारणको व्यवस्थापन र ढुवानीका लागि साधन खरिद गर्नेमा खर्च गर्ने लक्ष्य लिएको छ ।

थबाङमा उत्पादन भएको आलु बजारीकरण हुन सक्यो भने मात्र पनि ५ नं प्रदेशलाई पुग्ने अनुमान गरिएको चौधरीले बताउनुभयो । 

वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठका अनुसार बर्षेनी ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको र खेतीयोग्य जमीन बाँझो भइरहेको अवस्थामा यस कार्यक्रमले बेरोजगार युवालाई स्वदेशमै आत्मनिर्भर बन्न सहयोग पुर्याउने तथा उर्वर जमिनको सही सदुपयोग हुने आशा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ