2026-09-14 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

चुरामणि अर्याल/वैशाख २ कपिलवस्तु | कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो । 

जिल्लामा माछाकै लागि सात सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक एक हजार दुई मेट्रिकटन माछा उत्पादन भइरहेको छ  । उत्पादन राम्रो भएकै कारण पछिल्लो समय भारतीय माछाको आयात पनि कमी भएको छ । 

पाँच वर्षअघि ८० प्रतिशतभन्दा बढी माछा आयात भएकामा अहिले ३० प्रतिशतमा झरेको छ  । यहाँको उत्पादनले जिल्लाको ५० प्रतिशत माग धान्छ । कृषि प्राविधिकका अनुसार २० प्रतिशत माछा अन्य जिल्लाबाट आउने गरेको छ । अहिले मुलुकमै बढी माछा उत्पादन गर्ने रूपन्देही र जनकपुरलाई यस जिल्लाले दुई वर्षमा पछि पार्ने जिल्ला कृषि कार्यालयका प्रमुख खुर्सेदअहमद खाँले बताउनुभयो । 

जिल्लामा प्राकृतिक जलाशय बढिरहेको र धेरै इँटाभट्टा बन्द रहेकाले त्यसमा माछापालन गर्न पोखरी खन्न नपर्दा कम लगानीमै काम गर्न सकिदा कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । 

जग्गा भाडामा लिएर पनि पोखरी खनी माछापालन गर्न पनि कम लगानी हुने हुँदा यसमा कृषकको यसतर्फ आकर्षण बढेको हो  । जोखिम कम आम्दानी बढि हुन्छ कृषिका योजना अधिकृत उमेश श्रेष्ठले भन्नुभयो, “त्यही भएर माछापालनले व्यावसायिकता पाउँदै आएको हो  । जिल्लामा माछापाल्ने छसय कृषकमा एकसय महिला छन् ।” 

तीन वर्षअघि चारसय हेक्टरमा माछापालन गर्दा जम्मा आठसय मेट्रिकटन माछा उत्पादन हुन्थ्यो । अहिले माछापालन क्षेत्र पनि बढेर सातसय हेक्टर पुगेको छ, भने उत्पादन पनि वृद्धि भएर एक हजार दुईसय मेट्रिकटन पुगेको छ । चालु वर्षमा थप एक सय हेक्टरमा माछापालन हुने भएकाले अन्य जिल्लाबाट आउने माछा अझै घट्ने प्रमुख खाँको दाबी थियो । 

जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा बढी माछा उत्पादन हुन्छ  । जिल्लामा वार्षिक २४ करोडभन्दा बढी आम्दानी हुन्छ । सिल्भर, ग्रास, बिगहेट, कामन, रोहु, भाकुर र नैनी जातका माछा बढी उत्पादन हुन्छ । ‘तीन वर्षअघि क्षेत्रीय कार्यालय र विभागबाट माछा पोखरी हेर्न कोही आए कहाँ लगेर देखाउने भन्ने हुन्थ्यो,’ प्रमुख खाँले भन्नुभयो,“अहिले सजिलो छ  ।” 

गतवर्ष ६६ नयाँ किसानले व्यावसायिक रुपले माछा पोखरी बनाएका थिए । उनीहरूले ६ कट्ठादेखि तीन बिघासम्ममा पोखरी बनाएका छन् । यसवर्ष ४० कृषकले पोखरी खनेर माछा पालनको तयारी गरिरहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामै ठूला पोखरी बनाएर शिवराज नगरपालिका–११ हरहवाका फरहान र फुरकान अकवाल खाँले माछा पालेका छन् । रु दुई करोड ७० लाख लगानी गरेर फर्म सञ्चालन गरेकामा वर्षेनी ६० देखि ७० लाखमात्र आम्दानी गर्न सफल भएको चर्चा गर्दै फरहान अकवाल खाँले भन्नुभयो, “राज्यको नीति राम्रो नहुँदा समस्या भइरहेको छ  ।” उहाँको माछाको भुरा देशका १८ देखि २० जिल्लासम्म पुग्ने गर्छ  । 

वाणगंगा नगरपालिका –६ चम्कीपुरका भरतबम कार्कीले पनि दुई वर्षदेखि माछापालन शुरु गर्नुभएको छ । रु २५ लाखभन्दा बढी लगानी गरेर उहाँले साढे ९ लाख भुरा र ३० हजार माछा पाल्नुभएको हो । 

पाँच वर्षअघि तीन बिगाहामा माछापालन थाल्नुभएका शिवराज नगरपालिका–६ वसन्तपुरका लक्ष्मण भण्डारीले गतवर्ष थप चार बिघामा पोखरी खन्नुभएको थियो । 

राम्रो आम्दानी भएरै उहाँले अहिले माछापालनमा मात्र ७० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । धान गहुँभन्दा दुईसय प्रतिशत बढी आम्दानी हुने हुँदा केही वर्षयता कृषकयसतर्फ आकर्षित हुन थालेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ