Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालको लालपुर्जा भएको जग्गा सर्वे टोलीले भारतको देखाईदिएपछी २६ परिवार चिन्तित

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

शितल भट्ट | बैशाख २, बेलौरी | बेलौरी नगरपालिका १० भुडा सीमा क्षेत्रका स्थानीय चिन्तित भएका छन् । संयुक्त सीमा सर्वे टोलीले नेपालीको जमिन भारतमा देखाएको भन्दै चिन्तित भएका हुन् ।  भुडाका स्थानीय मान बहादुर चन्दले संयुक्त सर्वे टोलीले नेपालीको भूमि भारतमा देखाएर आफुहरुलाई समस्यामा पारेको चिन्ता व्यक्त गर्नुभयो । उनका अनुसार संयुक्त सीमा सर्वे टोलीले लालपुर्जा भएको जमिन भारतमा देखाएको हो ।

भुडाका स्थानीय अगुवा टिकाराम पन्तले विस २०३६ सालदेखि बस्दै आएका किसानको जमिन भारतमा देखाएको भन्दै दुःख व्यक्त गर्नुभयो । उनका अनुसार लिलाधर भट्ट, चन्द्र सिह थापा, राजु थापा, भीम शाही, हरिसिह थापा, गणेश थापा, गोपाल थापा, मान बहादुर चन्द, नारायण चन्द, देव ब. चन्द, शेर सिह थापा, प्रेम सिह थापा, प्रताप सिह थापा, शंकर दत्त पन्त, प्रमानन्द पन्त, चन्द्रदेव पन्त, मदन सिह थापा, पिताम्बर पन्त, बीर सिह थापा, नर सिह थापा, धनी चन्द, भवानी भाट, नारायण पन्त, जित बहादुर चौधरी, विक्रम सिह थापा, पदम राज पन्तको जमिन भारतमा देखाएको स्थानीयले बताएका छन् ।

संयुक्त सीमा सर्वे टोलीले भने भुडाको जमिन भारतमा नगएको दावि गर्दै आएको छ । स्थानीय राजनीतिक दलले समेत जमिनको विषयमा एकिन गर्न सरकारसंग माग गरेको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको माग राख्दै आएका दक्षिणी क्षेत्रका स्थानीयले लालपुर्जाको जमिन भारतमा देखाउन आपत्ति मात्र नभई मुलुकलाई घाटा हुने बताएका छन् ।

बर्षौँदेखि कमाईखाएको जमिन एकाएक भारतमा देखाएर नेपालीमाथी घात भईरहेको स्थानीयको भनाई छ । पीडित नेपालीले नेपाली भूमि भारतमा देखाएको भए उक्त निर्णय सच्याउन समेत माग गरेका छन् ।