2026-09-14 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद: सभामुख महरा

वैशाख ५, रोल्पा | सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनु भएको छ । 

रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताउनुभयो । 

यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरु प्रस्फुटन हुने सभामुख महराले आशा व्यक्त गर्नुभयो । 

रोल्पा नगरपालिकाले वैशाख ५ देखि ८ गतेसम्म लिबाङमा सञ्चालन गर्न लागेको मेयर कप खेलकूद प्रतियोगिता उद्घाटन कार्यक्रममा ऊर्जा सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, राष्ट्रियसभा सदस्य राजकुमार कवर, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको आतिथ्यता रहेको थियो । 

सभामुख महरा आजै परिवर्तन गाउँपालिका रोल्पाले रांसीमा आयोजना गरेको अध्यक्ष कप खेलकूद प्रतियोगिताको समेत उद्घाटन गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ