2026-09-15 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यवसायीले भने– ‘सरकार हाम्रो गाडी किनिदेउ’

वैशाख १८, कञ्चनपुर | सरकारले यातायात क्षेत्रको सिण्डिगेट अन्त्य गर्नका लागि देशभर रहेका यातायात समितिको दर्ता खारेजी गरेपछि यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बैशाख पहिलो सातादेखि अन्तिम सातासम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।  सरकारले यातायात समिति दर्ता खारेजी गरेपछि कञ्चनपुरका यातायात व्यवसायी समेत आन्दोलित भएका छन् । 

यहाँका यातायात व्यवसायीले पनि केन्द्रीय आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै आन्दोलन सफल पार्नका लागि संघर्ष समिति गठन गरेका छन् । महाकाली सेती यातायात व्यवसायी समितिका पुर्व अध्यक्ष बाबुराम शर्माको नेतृत्वमा संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर आन्दोलनका कार्यक्रममा सरिक हुने घोषणा गरेका छन् ।

 संघर्ष समितिले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय आन्दोलनका कार्यक्रम अनुसार कञ्चनपुरमा समेत आन्दोलन हुने बताएका छन् । कञ्चनपुरका यातायात व्यवसायीले सरकारले एक्कासी यातायात क्षेत्रलाई तहसनहस पार्ने तरिकाले गरेको निर्णयले आन्दोलित हुन बाध्य पारेको बताएका छन् । महाकाली यातायात व्यवसायी समितिका सचिव देवराज जोशीले निजी क्षेत्रबाट यातायात क्षेत्रमा पु¥याएको योगदान सेवा सुविधाको मुल्याङ्ककन गर्न छाडेर सरकारले व्यवसायीलाई चौपट बनाउन खोजेको गुनासो पोख्नुभयो । ‘सरकार हाम्रा गाडी तपाई किनिदिनुहो, ‘उनले भने, ‘हामी अर्को व्यवसाय गछौँ ।’ पवनदुत यातायात व्यवसायी समितिका अध्यक्ष धर्म बहादुर महराले सरकारले गरेका निर्णयले व्यवसायी मारमा पर्नुका साथै जनता पनि मारमा परेको बताए । ‘सरकारले हामीमाथी कुठाराधात गरेको छ, ‘उनले भने, ‘हामी गाडी चलाउदैनौँ, सरकारले कसरी जनतालाई यातायात सेवा दिन्छ ।’ 

मध्यमवर्ग यातायात व्यवसाय क्षेत्रमा लागेका कारण लाखौँ जनताले रोजगार पाएको बताउदै अध्यक्ष महराले त्यसको ग्यारेण्टी लिन सरकार तयार हुनुपर्नेमा जोडदिए । ‘हामी सबै गाडी सरकारलाई बुझाउन तयार छौँ, ‘अध्यक्ष महराले भने, ‘सरकारले हाम्रा गाडी किनिदिनुपर्छ ।’ 

महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष डम्मर दत्त पन्तले सरकारले आफै सिण्डीगेट सिर्जना गरेर यातायात क्षेत्रलाई धारासायी बनाउन खोजेको बताए । ‘यातायात समिति मार्फत संचालित हुने सवारी साधन आलोपालो लगाएर नम्बरमा संचालन हुन्छन्, ‘उनले भने, ‘प्रालि मार्फत संचालन गर्न खोजे झन त्यसले समस्या निम्त्याउँछ ।’ 

नेपाल र भारतवीच महेन्द्रनगरदेखि देहरादुन, हरिद्धारसम्म यातायात सेवा विस्तार गर्ने योजना रहेको बताउदै अध्यक्ष पन्तले भारतको यातायात व्यवस्था विभागले उत्तराखण्ड टनकपुर डिपोलाई संचालन गर्नका लागि अनुमती दिए भारतीय बस महेन्द्रनगरदेखि देहरादुन, हरिद्धारसम्म संचालन भईरहेको बताए । ‘भारत सरकारले यातायात सेवाका लागि यतीचाँडै परमिट अनुमति दिएर सोमबारदेखि भारतीय बस महेन्द्रनगर  देहरादुन, हरिद्धारका लागि संचालन भईसक्यो, ‘उनले भने, ‘हाम्रो फाईल यातायात व्यवस्था विभागमा अडकिएका कारण हामीले नेपाली बस संचालन गर्न सकेनौँ, हाम्रो यस्तै छ विडम्बना ।’ सरकार ढिलासुस्तीका कारण नेपाली व्यवसायी आन्दोलनमै समय वेतित गर्नपरेको उनको दुखेसो छ । संयुक्त आन्दोलन परिचालन समिति कञ्चनपुरका संयोजक बाबुराम शर्माले बैशाख २१ गतेदेखि सबै व्यवसायीले आ–आफ्ना सवारी साधन घर, ग्यारेजमै थन्किाएर आन्दोलन गर्ने बताए । संयोजक शर्माले  हरेक क्षेत्रमा सिण्डिगेट रहेको औल्याउदै सरकारले यातायात क्षेत्रमा मात्रै किन प्रहार गर्न खोजेको जिज्ञासा राख्र्नुभयो । ‘निजी विद्यालयका कापी किताब, कलम बिक्रिमा समेत सिण्डिगेट छ, ‘उनले भने, ‘जता ततै जहाँ जुन क्षेत्रमा पनि सिण्डिगेट छ ।’ आफुहरुको आन्दोलन गर्ने रहर नभई सरकारले गरेको कामको बिरोध भएको जनाउदै संयोजक शर्माले आन्दोलनबाट हुने अभावको क्षमा याचना गर्नुभयो । 

कमिकमजोरी सच्याउदै यातायात क्षेत्र सुधारमा तयार रहेको बताउदै उनले सरकारले एक्कासी व्यवसायी मारमा पार्ने तरिकाले गरेको निर्णयले सबै मारमा परेको उनको भनाई छ । विभिन्न यातायात व्यवसायी संगठनले आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेको उनको भनाई छ । सरकारले सिण्डिगेट भन्दै यातायात व्यवसायी दर्ता खारेजी गरेर तयारी बिनै गरेका निर्णयले जनता मारमा पर्ने स्थानीयको बुझाई छ । कञ्चनपुरबाट महाकाली, पवनदुत यातायात समिति र नमस्ते, मावन यातायात प्रालिले यातायात सेवा प्रदान गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ