2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब रोजगारीका लागि कोहि नेपाली विदेश जानु पर्दैन: वन मन्त्री बस्नेत

वैशाख २३, बर्दिया | वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधान पूर्णरुपमा कार्यान्वयन भयो भने रोजगारका लागि कोही पनि विदेश जान नपर्ने बताउनुभएको छ । 

बर्दियाको कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको संविधान कार्यान्वयनका लागि स्थिर सरकार बनेकाले अबका केही दिनमा युवालाई स्वदेशमै रोजगारी सिर्जना गरिने बताउनुभयो । 

व्यवस्था परिवर्तन भएजस्तै नेपाली जनतामा पनि परिवर्तन हुनुपर्नेमा जोड दिंदै मन्त्री बस्नेतले नेपालको संविधानमा अधिकारका सम्पूर्ण कुरा समेटिएकाले संविधान कार्यान्वयन गर्नुको कुनै विकल्प नरहेको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि बजेटमा जनताले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको पनि उहाँले जानकारी दिनुभयो । 

मन्त्री बस्नेतले कृष्णसार संरक्षणका लागि रणनीति तथा कार्ययोजना बनाएर काम गर्न संरक्षणकर्मीलाई सुझाव दिँदै जनतालाई संरक्षणप्रति अपनत्व महसुस गराउनु पर्ने सुझाब दिनुभयो । 

कार्यक्रममा सहभागी तथा स्थानीयवासीले कृष्णसार संरक्षण क्षेत्रभित्रका बस्ती व्यवस्थापन गरी संरक्षणका लागि बलियो पर्खाल र बाढी मुक्त क्षेत्र बनाउन मागसमेत गरेका छन् । 

कृष्णसार संरक्षित क्षेत्र गुलरिया नगरपालिकाको वडा नं १, २, ३ र ४ को क्षेत्रमा कूल १६.९५ वर्ग किलो मिटरमा फैलिएको र कृष्णसारको वासस्थान ५.२७ वर्ग किलोमिटरमा मात्र बसोबास रहेको छ । संरक्षित क्षेत्रमा हाल भाले ५८ पोथी १३० र बच्चा २० गरी २०८ वटा कृष्णसार छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ