२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रदेश ७ को द्धिदेशीय र त्रिदेशीय सबै नाका खोल्न पहल भइरहेको छ: मुख्यमन्त्री भट्ट

२७ बैशाख २०७५, बिहीबार ०६:५०

लोकेन्द्र प्रशाद जोशी/वैशाख २७ दार्चुला । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समग्र प्रदेशको बिकासकोलागी बिभिन्न जिल्लासंग जोडिएका द्धिदेशीय र त्रिदेशीय नाका खोल्न पहल भइरहेको बताउँनुभयो । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल दार्चुलाद्वारा बुधबार दार्चुला सदरमुकाम खलंगामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताउँनुभएको हो ।


कुटनितिक सम्बन्ध र नाका सञ्चालनको अधिकार संघिय सरकारसंग रहेकोले भारत र चीनसँग जोडिएका प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गर्न केन्द्र सरकारसमक्ष विशेष पहल भइरहेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो । 

भारत र चीनसँग जोडिएको दार्चुला ब्यास १ को तिकंर नाका सञ्चालनमा ल्याउन सके प्रदेश नं ७ का सबै जिल्लाको आर्थिक समृद्धि हुने उहाँको भनाइ छ । तिकंर नाका सञ्चालन गरेर सुरक्षा र भन्सारको समेत ब्यबस्था गर्न पहल गर्ने मुख्यमन्त्री भट्टले बताउँनुभएको हो ।


दार्चुला जिल्लामा सञ्चालीत ठुलो योजनाहरुको तिब्रताकालागी प्रदेश सरकारको भुमिका रहने उहाँको भनाइ छ । केन्द्र सरकारबाट सञ्चालीत दार्चुला तिकंर सडक, महाकाली तटबन्ध, गोकुलेश्वर एयरपोर्ट लगायत प्रदेशकै प्रार्थमिकताका योजनाहरु अघि बढाउँन प्रदेश सरकार भुमिका खेल्ने उहाँको भनाइ छ ।

प्रदेशको समग्र बिकासकालागी मुख्यतया कृषि, पर्यटन, जलस्रोत र जडिबुटि सरकारको प्रर्थमिकतामा रहेको उहाँले बताउँनुभयो । भ्रष्टाचाररहित र सुसासनयुक्त समाज निमार्णकालागी प्रदेश सरकारको बिशेष भुमिका रहने भट्टको भनाइ छ । 

अहिले प्रदेश सरकार योजना निमार्ण र श्रोत पहिचानमा केन्द्रीत भएको भट्टले बताउँनुभयो ।

मुख्यमन्त्री भट्टले स्थानीय तह सञ्चालनमा सहजता ल्याउनको लागि प्रार्थमिकताकासाथ कानून निर्माण गरीन लागेको बताए । दार्चुलाका नौवटै स्थानीय तहका जनप्रतिनिधिसँग समस्याका बारेमा जानकारी लिएको भन्दै उहाँले ती समस्यालाई मध्यनजर गर्दै कानून निर्माण गरिने बताउनुभयो । संघिय संसदको कानुन नबनिसकेको कारण प्रदेश कानुनमा ढिलाइ भइरहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले तीव्रगतिमा काम गर्न खोजिरहेको भए पनि कानूनको अभावमा चाहेजति छिटो र छरितो रुपमा काम गर्न नसकेको उहाँको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो