२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

प्रदेश ७ को द्धिदेशीय र त्रिदेशीय सबै नाका खोल्न पहल भइरहेको छ: मुख्यमन्त्री भट्ट

२०७५, २७ बैशाख बिहीबार ०६:५०

लोकेन्द्र प्रशाद जोशी/वैशाख २७ दार्चुला । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समग्र प्रदेशको बिकासकोलागी बिभिन्न जिल्लासंग जोडिएका द्धिदेशीय र त्रिदेशीय नाका खोल्न पहल भइरहेको बताउँनुभयो । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल दार्चुलाद्वारा बुधबार दार्चुला सदरमुकाम खलंगामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताउँनुभएको हो ।


कुटनितिक सम्बन्ध र नाका सञ्चालनको अधिकार संघिय सरकारसंग रहेकोले भारत र चीनसँग जोडिएका प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गर्न केन्द्र सरकारसमक्ष विशेष पहल भइरहेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो । 

भारत र चीनसँग जोडिएको दार्चुला ब्यास १ को तिकंर नाका सञ्चालनमा ल्याउन सके प्रदेश नं ७ का सबै जिल्लाको आर्थिक समृद्धि हुने उहाँको भनाइ छ । तिकंर नाका सञ्चालन गरेर सुरक्षा र भन्सारको समेत ब्यबस्था गर्न पहल गर्ने मुख्यमन्त्री भट्टले बताउँनुभएको हो ।


दार्चुला जिल्लामा सञ्चालीत ठुलो योजनाहरुको तिब्रताकालागी प्रदेश सरकारको भुमिका रहने उहाँको भनाइ छ । केन्द्र सरकारबाट सञ्चालीत दार्चुला तिकंर सडक, महाकाली तटबन्ध, गोकुलेश्वर एयरपोर्ट लगायत प्रदेशकै प्रार्थमिकताका योजनाहरु अघि बढाउँन प्रदेश सरकार भुमिका खेल्ने उहाँको भनाइ छ ।

प्रदेशको समग्र बिकासकालागी मुख्यतया कृषि, पर्यटन, जलस्रोत र जडिबुटि सरकारको प्रर्थमिकतामा रहेको उहाँले बताउँनुभयो । भ्रष्टाचाररहित र सुसासनयुक्त समाज निमार्णकालागी प्रदेश सरकारको बिशेष भुमिका रहने भट्टको भनाइ छ । 

अहिले प्रदेश सरकार योजना निमार्ण र श्रोत पहिचानमा केन्द्रीत भएको भट्टले बताउँनुभयो ।

मुख्यमन्त्री भट्टले स्थानीय तह सञ्चालनमा सहजता ल्याउनको लागि प्रार्थमिकताकासाथ कानून निर्माण गरीन लागेको बताए । दार्चुलाका नौवटै स्थानीय तहका जनप्रतिनिधिसँग समस्याका बारेमा जानकारी लिएको भन्दै उहाँले ती समस्यालाई मध्यनजर गर्दै कानून निर्माण गरिने बताउनुभयो । संघिय संसदको कानुन नबनिसकेको कारण प्रदेश कानुनमा ढिलाइ भइरहेको उहाँको भनाइ छ ।

प्रदेश सरकारले तीव्रगतिमा काम गर्न खोजिरहेको भए पनि कानूनको अभावमा चाहेजति छिटो र छरितो रुपमा काम गर्न नसकेको उहाँको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ