२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाले खेलकूदको माध्यमबाट एकता, सद्भाव र शान्ति सन्देश दिनुपर्छ – सभामुख

२०७५, २९ बैशाख शनिबार १५:२५

वैशाख २९, रोल्पा | सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताउनुभएको छ । शनिबार रोल्पाको लिबाङमा प्रथम सभामुखकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।

सभामुख महराले विगतमा राजनीतिक परिवर्तनको नेतृत्व गरेको रोल्पामा अब एकता, सद्भाव र शान्तिको नेतृत्व गर्नुपर्ने बताउनुभयो । ‘रोल्पाले विगतमा ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको थियो, सभामुख महराले भन्नुभयो, ‘अब खेलकूदका माध्यमबाट एकता, सद्भाव र शान्तिको सन्देश यहीँ रोल्पाबाटै दिनुपर्छ ।’

‘सभामुख कप खेलकूद प्रतियोगिता पहिलो पटक आयोजना भएको भन्दै सभामुख महराले रोल्पामा राष्ट्रिय स्तरको खेलकूद प्रतियोगिता पनि पहिलोपटक भएकोमा खुसी व्यक्त गर्नुभयो । खेलकूद विशुद्ध मनोरञ्जन र शारीरिक कसरत मात्रै नभएको भन्दै सभामुख महराले खेलकूदले नेपालीहरुलाई जोड्नुका साथै देशको पहिचान विश्वमै फैलाउने क्षेत्र रहेको बताउनुभयो ।


‘खेलकूद विशुद्ध मनोरञ्जन र कसरत मात्रै होइन, उहाँले भन्नुभयो, ‘खेलकूदले नेपाली–नेपालीबीच एकताको पुलको काम गर्नुका साथै विश्व समुदायमा देशको पहिचान बनाउँछ ।’ नेपाललाई समृद्ध बनाउन खेलकूद क्षेत्रको विकास अपरिहार्य भएकोतर्फ जोड दिदै सभामुख महराले गाउँ–गाउँ, नगर–शहर र जिल्ला–जिल्लामा खेलकूद मैदानहरु बनाउन राज्यस्तरबाटै पहल गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीकालमा आफूहरुको खेलकूद मैदान मकैबारी भएको स्मरण गर्दै सभामुख महराले अहिले जिल्लाका प्रायजसो विद्यालयहरुमा खेल मैदानहरु भएको र रंगशाला निर्माण गर्न सकिने प्रशस्त सम्भावना भएका ठाउँहरु रहेको बताउनुभयो । देशैभरिबाट रोल्पा पुगेका खेलाडीहरुलाई सम्बोधन गर्दै महराले भन्नुभयो, ‘तपाईंहरु सातवटै प्रदेशबाट रोल्पाा आउनुभएको छ, विगतमा राजनीतिक परिवर्तनमा निकै योगदान गरेको रोल्पाले आज खेलकूदका माध्यामबाट एकता र शान्तिको सन्देश दिदैछ, यहीँ सन्देश देशभर फैलाउनुहोस् ।’


त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले खेलकूद क्षेत्रले महिलाहरुलाई राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय जगतमा स्थापित बनाएको बताउनुभयो । ‘खेलकूद क्षेत्रले नेपाली महिलाहरुलाई राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय स्तरमा स्थापित गराएको छ, उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो, ‘महिला खेलाडीहरुको प्रेरणाले नेपाली महिलाहरुको सशक्तिकरण र अधिकारका पक्षमा लाग्न थप प्रेरित गरेको छ ।’

आफ्नो पहिचानलाई स्थापित गर्दै रोल्पाले अहिले खेलकूदका क्षेत्रमा नयाँ काम गरिरहेको भन्दै उपसभामुख तुम्बाहाम्फेले रोल्पा सधैं क्रियाशील र गतिशील भइरहनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र पुन ‘सिजल’, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलगायतले सम्बोधन गर्नुभएको थियो ।


राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गरेको सभामुख कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ अलग–अलग गरी ७ प्रदेशका १४ टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीतर्फ महिला र पुरुषका अलग–अलग गरी ६ टोली सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ