२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीका कप्तान श्रेयसले भने ‘ब्यांग्लोरसँग हार्नुमा बलर जिम्मेवार’, सन्दिपको तारिफ

२०७५, ३१ बैशाख सोमबार ०२:४१

वैशाख ३१, काठमाडौँ | दिल्ली डेयरडेविल्सका कप्तान श्रेयस अय्यरले रोयल च्यालेन्जर्स ब्यांग्लोरसँग दिल्लीले हार्नुमा बलरहरु जिम्मेवार भएर्को बताएका छन् । 

दिल्लीले शनिवार राति आफ्नो घरेलु मैदान फिरोजशाह कोटला मैदानमा चार विकेट गुमाई १८१ रनको बलियो स्कोर बनाएको थियो तर केहि बलरहरुले राम्रो पर्दर्शन गर्न नसक्दा दिल्लीले खेलमा हार्नु परेको उनको भनाई छ । अय्यरले म्याच पछी बोल्दै भने," शुरुवातमा हामीलाई लाग्यो कि १८१ को स्कोर निकै राम्रो स्कोर हो र त्यसको बचावट गर्न सकिन्छ । दुर्भाग्यपूर्ण, हामीले त्यसको बचावट गर्न सकेनौं । ब्याट्सम्यानहरुले राम्रो ब्याटिङ गरे तर बलरहरुले मैदान रणनीतिलाई सम्हाल्न नसक्दा हार्नुपर्यो ।

उनले भने, "मलाई कप्तान हुनुको नाताले कुनैपनि दबाव छ जस्तो लाग्दैन । मसंग केहि कोच र सल्लाहकार छन् जसबाट मैले नियमित रुपमा सिकीरहेको हुन्छु । हामी पहिलेदेखिनै म्याचमा तीन-चार फेरबदल गरिरहेका छौं । आशा छ कि आगामी सीजन हाम्रो टीम थप सेट हुनेछ ।" 

ब्यांग्लोरका एबी डीविलियर्सद्वारा संदीप लामिछानेको तारीफ

शनिबार आफ्नो पहिलो डेब्यु खेलेका नेपाली क्रिकेटर सन्दिप लामिछानेको अन्तर्राष्ट्रिय प्रभाव जमाईसकेका तथा ब्यांग्लोरका खतरनाक ब्याट्सम्यान एबी डीविलियर्सले तारिफ गरेका छन् । इन्डियन प्रीमियर लीगमा सन्दिपको पर्दर्शनलाई लिएर डीविलियर्सले सन्दिपको तारीफ गरेका हुन् ।

आरसीबीको टिमले विराट कोहली र एबी डीविलियर्सको शानदार अर्धशतकीय पारीसँगै शनिबारको खेलमा दिल्ली डेयरडेविल्सलाई पराजित गर्दै टूर्नामेन्टबाट बाहिर पठायो तर त्यहि खेलमा आइपिएल २०१८ कै बेष्ट इकोनोमी बलर अन्तर्गत तेश्रो स्थानमा रही सन्दिपले सानदार पर्दर्शन गरेकोमा क्रिकेटरहरुले सन्दिपको तारिफ गरेका हुन् । म्याच पछि भएको पोस्ट म्याच प्रिजेन्टेशनमा म्यान अफ द म्याच चुनिएका एबी डीविलियर्सले भने, "लामिछाने मात्र १७ बर्षका छन् र यस्तो पर्दर्शन । यस्तो खेल क्रिकेटको लागि निकै राम्रो चीज हो । युवा खेलाडीहरुको यस्तो राम्रो खेल देखेर खुसि लाग्छ ।"

यस बर्ष भएको आईपीएलमा दिल्ली डेयरडेविल्सद्वारा किनिएका नेपाली युवा खेलाडी सन्दीप लामिछानेले आफ्नो डेब्यूको लागि १२ औं खेल कुर्नुपर्यो तर पहिलो खेलमै उनले आईपिएलप्रेमीहरुलाई खुसि मात्र बनाएनन् आगामी दिनमा पनि आइपिएलमा किनिने स्थान बनाए । सन्दीपले आफ्नो पहिलो खेलमा ४ ओभरमा २५ रन मात्र दिएर पार्थिव पटेललाई आउट गरे । 

दिल्लीका कप्तान श्रेयस अय्यरले सन्दीपलाई पहिलो ओभर दिए र उनले फेरी तेश्रो ओभरको खेलमा पनि सन्दिपलाई नै पठाएर निकै सफल ओभर हात पार्ने काम गरे । तेश्रो ओभरको खेल जारि रहँदा चौथो बलमा सन्दिपको बलिङले ब्यांग्लोरका पार्थिव पटेल आउट भए । त्यसपछी सन्दिपले पहिलो बलमै एबी डीविलियर्स माथि शानदार गुगली दिएर आफ्नो बलिङको छाप पारे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ