२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

२ जेष्ठ २०७५, बुधबार ०६:४७

जेठ २ भीमदत्तनगर | प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन पहल गर्नुपर्दछ ।” 

पूर्ववाणिज्य तथा आपू्र्तिमन्त्रीसमेत रहनुभएका नेता भट्टले अन्तर्राष्ट्रिय मागअनुसार वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिँदै आफू मन्त्री भएका बेलामा नै दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माणको थालनी गरेको बताउनुभयो । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुदूरपश्चिममा केन्द्रले विभिन्न सीपमूलक कार्यक्रम तथा प्रशिक्षण चलाइरहेको बताउनुभयो । 

“व्यापार घाटा रु आठ अर्ब नाघिसक्यो,” उहाँले भन्नुभयो, “व्यापार घाटालाई कम गर्न निकासीकर्तालाईसमेत दक्ष बनाउन आवश्यक छ ।” 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले प्रदेश नम्बर ७ मा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यालय स्थापना गर्नुपर्ने माग गर्नुभयो । 

तालीममा निर्यात व्यापारमा संलग्न प्रदेश नं ७ का २० जना व्यावसायी सहभागी छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य